राजमार्ग विस्तार र आँधीखोला हाईड्याम बन्नुपर्छ: सांसद थापा

आदर्श समाज सम्वाददाता
माघ २५, २०८०
CCI Syangja

स्याङ्जा । संघीय सांसद राजु थापाले सिद्धार्थ राजमार्गको चौडा विस्तार र आँधीखोला हाईड्याम्प स्याङ्जाको गौरवका आयोजना निर्माण कार्यका लागि पहल भइरहेको बताएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यका सपथ ग्रहण तथा पदस्थापनमा बोल्दै उनले गौरवका आयोजना बन्नुपर्नेमा जोड दिए । उनले आयोजना निर्माणपछि बिजुली उत्पादनसँगै पर्यटन प्रवद्र्धन हुनेमा जोड दिए ।

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका थापाले निर्यात बढाउने गरी कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । आर्थिक अवस्था सुध्रदै गएको जनाउँदै उनले सबै राजनीतिक दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औंल्याए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खड्गराज सुवेदी, पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कँुवर, कांग्रेसका कावा सभापति केदार काफ्ले, एमालेका उपसचिव तारा शर्मा, माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष बसन्त पंगेनी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी लगायतले बोलेका थिए ।

यस्तै, प्रदेश सदस्य झलकराम श्रेष्ठ, मुक्तिनाथ विकास बैंक सञ्चालक सदस्य भरतप्रसाद लम्साल, उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नेपाल कपडा ब्यवसायी संघका अध्यक्ष रामचन्द्र नेपाली, मुस्लिम संघ सभापति अलि मिया लगायतले व्यवसायीका हकहित, अधिकारका क्षेत्रमा क्रियाशील संघले उपभोक्ताका आवश्यकता र अधिकारका पक्षमा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी सहित सदस्यले सथप ग्रहण गरे । सोही कार्यक्रममा निवर्तमान अध्यक्ष रवीन्द्रमान श्रेष्ठले नवनिर्वाचित अध्यक्ष महादेव श्रेष्ठलाई माइन्यूट हस्तान्तरण गरे ।
संघका निवर्तमान अध्यक्ष रवीन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान महासचिव रामचन्द्र नेपाल र महासचिव रविन केसीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width