पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश

आदर्श समाज सम्वाददाता
माघ २५, २०८०
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ । उद्योगी/व्यवसायीहरुको हितको रक्षा गर्ने उद्देश्यले अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । यो पोखराको सवैभन्दा जेठो सामाजिक संस्था पनि हो ।

उद्योगी/व्यवसायीहरुको हितका खातिर स्थापना भए पनि संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

यहाँको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्थाको स्थापना र सञ्चालनमा सघाएको संघले महेन्द्रपुल,पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण पनि गरेको संघका वर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले जनाए ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि निरन्तरको पैरवी तथा २०६९ सालमा रिले अनसनको नेतृत्व पनि संघले नै गरेको थियो ।

स्थापना दिवस अवसरमा बिहीबार संघको सचिवालयमा झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा संघका वर्तमान अध्यक्ष प्रजापतिसहित पूर्व अध्यक्षहरु राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठ र विश्वशंकर पालिखे, वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्यको उपस्थिति रहेको संघका महासचिव बलराम आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width