मदरल्यान्डमा बृहत् सांस्कृतिक कार्यक्रम सुरु, विभिन्न व्यक्तिको सम्मान

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
motherland (2)

पोखरा । मदरल्यान्ड माध्यमिक विद्यालय आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम एवं कला प्रदर्शनी सुरु भएको छ । बुधबार मारबारस्थित विद्यालय परिसरमा सुरु कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरियो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विद्यालयमा प्रतिस्थापित सरस्वतीको प्रतिमामा पुष्पमाला अर्पण गरी समारोहको उद्घाटन गरे । उनले वकिलको कथा सुनाउँदै शिक्षकले बालमनोविज्ञान बुझेर अध्यापन गर्नुपर्ने विषयमाथि प्रकाश पारी सिपमूलक जोवनोपयोगी शिक्षामा जोड दिए ।

सो अवसरमा विद्यालयले पोखराको शैक्षिक विकासमा योगदान पु¥याएका प्रशिक्षक एवं शिक्षासेवी विकल शेरचनलाई सम्मान गरेको छ । अमेरिकामा उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका हार्दिक पराजुली, विद्यालयको शैक्षिक विकासमा २० वर्षभन्दा बढी समय सेवा गरेका शिक्षक र कर्मचारी अञ्जना पण्डित बराल, आनन्द शर्मा, अप्सरा थापा कुँवर र कमल चैधरीलाई सम्मान गरिएको सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए । यस्तै, चित्रकला, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ लगायत प्रतियोगितामा भाग लिई विद्यालय बाहिरका पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा प्रथम भई विद्यालयको गरिमा बढाउन सफल विद्यार्थी अर्पण पौेडल, आयुषी थापा, एन्जल नेपाली, कृपा बराल, शाश्वत रेग्मी, एल्भिना बराल, प्रार्थी पंगेनी, सियान जस्टिन केसी, प्रशील लामिछाने, नेहा पन्थी, सुभीक्षा अधिकारी, संगम पौडेल, अनिल बास्तोला, सुयोग अधिकारीलाई सम्मान गरिएको छ ।

३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन कक्षा नर्सरीदेखि ३ सम्मका प्रस्तुति राखिएको थियो । कार्यक्रममा नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटक, भजन, गाईजात्रा आदि प्रस्तुत गरियो । स्टेजमा छोराछोरीको विभिन्न प्रस्तुति देखेर अभिभावक निकै गद्गद् देखिन्थे ।

कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्र, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीले तयार पारेका कला तथा चित्र पनि प्रदर्शन गरिएको कला शिक्षक डिबी गुरुङले बताए ।

विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालको संयोजकत्वमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षतामा सञ्चालित समारोहको प्रावि इन्चार्ज केशु शर्मा, शिक्षकद्वय बामनकुमार घिमिरे र विनीत छन्त्यालका साथमा कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीले सञ्चालन गरेका थिए ।

प्राचार्य नारायण बरालले मदरल्यान्डले जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताए । उनले कक्षामा सिकेको सिपले विद्यार्थीले भोलिका दिनमा जीवन जिउन सामथ्र्य राख्ने बताए । सांस्कृतिक कार्यक्रममा करिब २६ सय विद्यार्थीले स्टेज प्रयोग गर्ने बताए । कार्यक्रममा प्राचार्य बरालसहित विद्यार्थीद्वय संस्कृति थापा र जोसेफ तिमिल्सिनाले स्वागत व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width