विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
bishnu bhandari

पोखरा। मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोगमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापकसमेत रहेका ३८ वर्षीय भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनअघि पक्राउ गरेको थियो ।

रिहापछि आफू निर्दोष रहेको दाबी गर्दै शुद्ध तारेखमै रिहा हुनुपर्ने उनले जिकिर गरे । तर, अदालतको आदेशलाई आफूले सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

उनीविरुद्ध सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीमार्फत बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटरव्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको अभियोग छ । सहकारी अध्यक्ष रमण पौडेल र सिइओ अधिकारी मिलेर अन्य व्यक्तिको नाममा ‘फेक’ लोन सिर्जना गरी आफ्नो खातामा रकम पठाइएको भण्डारीको जिकिर छ ।

नियमनकारी निकाय रजिष्ट्रार कार्यालयले सहकारीलाई एउटा पनि सचेतनापत्र नपठाएको, छानबिनमा समेत लापरबाही भएको उनले बयान दिएका थिए । साथै उनले बिग्रिराखेको अवस्थामा कृषि सहकारीलाई बचत सहकारीमा लैजानु नै गलत हाे भने ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा विज्ञको प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

उक्त सहकारी ठगी प्रकरणमा आरोपित ३३ जनामध्ये २५ जना फरार छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width