उत्पादनमार्फत पर्यटनमा जोड

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
millennum trek

पोखरा । सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समिति आयोजनामा पदमार्ग क्षेत्रका स्थानीयवासी, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच भएको अन्तक्र्रियाका वक्ताले पदयात्रा पर्यटनको प्रवद्र्धनसँगै उत्पादनसँग जोडिन सकेमा अधिकतम लाभान्वित हुन सकिने बताए ।

तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनः नक्सांकन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरवास सञ्चालकसहित अन्तरक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पछिल्लो समय नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहश्राव्दी पदमार्गमा स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढीरहेको बताउँदै उहाँले पदमार्ग क्षेत्रका स्थानीयले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुुको विकल्प नभएको बताए ।

विरुवा गाउँपालिका अध्यक्ष सूूर्यबहादुर कुँवरले सहश्राव्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुुपर्ने बताए । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उने यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुुको विकल्प नहुुने धारणा राखे ।

पर्यटन विज्ञ डा. श्रीकान्त खतिवडा, भूूगोल विभाग पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक एवं पुनःनक्सांकन उपसमिति संयोजक डा. रामजी पोखरेल, भूूगोल विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख नरेश पौडेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आले लगायतले पदमार्ग क्षेत्रका स्थानीयले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुने सक्नेमा जोड दिए ।

सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना कहरका समयमा सुस्ताए पनि पछिल्ला समयमा पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समिति सदस्य एवं मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टे अध्यक्ष बालकुुमार गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटनको राजधानी घोषणा वर्ष

    विजय नेपाल वैशाख १, २०८१
    पोखरा । नेपालकै सुन्दर सहर पोखराको लागि वर्ष २०८० सुखद् रह्यो । ‘पर्यटनको राजधानी’ सपना वर्षको आखिरी महिनामा अन्तत पूरा…
  • सकियो घान्द्रुक महोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा। ‘सबै मौसम पर्यटकका लागि खुला छ’ भन्ने सन्देश दिँदै घान्द्रुक पर्यटन महोत्सव सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति…
  • पर्यटक दौडमा ३५ सहभागी

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव अन्तर्गत दोस्रो दिन शुक्रबार आयोजित पर्यटक दौड…
  • पाेखरामा फेवा नव वर्ष महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा १९ औं फेवा नव वर्ष महोत्सव बिहीबार सुरु भएको छ । पञ्चैबाजा र…
  • पञ्चासे जैविक विविधता सम्मेलन तयारी

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता…

hero news full width

trending post

ट्रेन्डिङ्ग