मानव मिलन संस्थाको पाँचौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
manav milan pic

पोखरा । मानव मिलन संस्था पोखराको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । संस्थाको नामअनुसारको सेवाका कार्यमा लागेको भन्दै उनले संस्थाका परिकल्पनाकार नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजल आफ्नो जन्मभूमिमा संस्यथा स्थापना गरी हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेको चर्चा गरे ।

सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजूले संस्थाले गरेका कार्यक्रमको प्रशंसा गर्दै सेवाका कार्यमा जुट्न हामी सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव मिलन संस्था अन्तर्राष्ट्रिय सचिव सावित्री शर्मा, मानव मिलन संस्था स्याङ्जाका संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, पोखराका संस्थापक अध्यक्ष रेशमराज सुवेदी, मानव अधिकार शान्ति समाज कास्कीका सभापति तीर्थ न्यौपाने, भिरकोट पोखरा सम्पर्क समाजका अधयक्ष श्याम रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सचिव पुष्पा शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कौशिल्या थापाले आर्थिक प्रतिवेदन, द्वितीय उपाध्यक्ष विष्णुहरि तिमिल्सनाले स्वागत र महासचिव शान्त लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width