रिमालको योगदानको स्मरण

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
gaidakot

गैंडाकोट । नेपाली कांग्रेस संघीय क्षेत्र नं १ नवलपुरका सदस्य एवं कोटेश्वर मन्दिर शिवालय सेवा समितिका अध्यक्ष हरिकृष्ण रिमालको १३ औं दिनको पुण्य तिथिमा शोक सभा गरेको छ ।

शोक सभामा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सामाजिक अगुवा रिमालको निधनले समग्र पार्टी पंक्तिलाई ठूलो क्षति पुर्‍याएको भन्दै कांग्रेसको संगठन निर्माण, संवद्र्धन र विकास पु¥याएको योगदानको स्मरण गरे ।

क्षेत्रीय सभापति अमृत भट्टचनको अध्यक्षता भएको शोक सभामा गैंडाकोट नगर उपप्रमुख शान्ति कोइराला, नेकाका नेताहरू द्रोण वन सन्यासी, हरिराज गौतम, ओमप्रसाद सापकोटा, विष्णु कँडेल सापकोटा, कमल पराजुली, खेमराज सापकोटा, गोकुल सापकोटा, गोपालप्रसाद सापकोटा, संगीता घिमिरे, बद्री सापकोटा, घनश्याम कंडेललगायतले श्रद्धाञ्जली अर्पण गरे ।

रिमालको माघ ११ गते ७१ वर्षको उमेरमा निधन भएको थियो । स्व. रिमालको राजनीतिक र सामाजिक योगदानबारे एकदेव रिमालले चर्चा गरेका थिए भने नेका क्षेत्रीय सचिव अमृत श्रेष्ठले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width