सरकार फेर्ने बेला आयोः एमाले उपमहासचिव ज्ञवाली

आदर्श समाज सम्वाददाता
माघ २०, २०८०
gyawali

पोखरा । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार फेर्ने बेला भएको बताएका छन् । अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेको र उत्साह मरेको भन्दै सरकार नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ । एमालेले सरकार फेर्न अंकगणित जुटाउन कसरत गरिरहेको उनले सुनाए । ‘अब सरकार बदल्नु अपरिहार्य छ । तर एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन,’ प्रेस चौतारी नेपाल कास्कीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘बदल्ने बाटो भनेको संसदभित्रको अंकगणित नै हो । विभिन्न दलहरूलाई अपिल गरिरहेका छौं ।’ देशको अवस्था नाजुक भएको भन्दै उनले यस्तो बेला सबै दललाई दुख्नुपर्ने बताए ।

‘देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन अवस्था बनेको छ, देश छोड्ने अवस्था बनेको छ, उनीहरूलाई फर्काउन गाह्रो पर्छ,’ अघि भने, ‘यो अवस्थाप्रति जिम्मेवार बनौं भनेर आग्रह गरेका छौं । देशको समस्याबारे जुन दल जिम्मेवार हुन्छ हामी एजेण्डावेस सहकार्यको पक्षमा छौं ।’ उनले दलहरुलाई एमालेको एजेण्डामा सहमत हुन अपिल पनि गरेका छन् । ज्ञवालीले विपक्षी गठबन्धन दलहरुको विषयमा भने खुलाएनन् ।

‘कांग्रेसको माओवादीकरण भएको हो कि माओवादीको कांग्रेसकरण भएको हो भन्ने छुट्टाउनै गाह्रो छ,’ उनी भन्छन्, ‘शेरबहादुर देउवाको अनुहार हेर्दा प्रचण्ड प्रचण्डजस्तो देखिनुहुन्छ । प्रचण्डको अनुहार हेर्दा शेरबहादुर शेरबहादुर जस्तो देखिनुहुन्छ । यति सारो मिल्ती हुने रहेछ, ५२ सालमा मिलेको भए १७ हजार मान्छेको ज्यान जाने थिएन ।’

उनले वर्तमान नेतृत्वले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । ‘सुन तस्करी खोज्दै गयो महराको नाम आउँछ, भरिया समातेर अरूले उन्मुक्ति पाउँछन् । ललिता निवास खोज्दै गयो, बाबुराम र माधव नेपालको ढोकामा पुगेपछि रोकिन्छ,’ ज्ञवाली भन्छन्, ‘अहिले बाँसबारी जग्गाको प्रकरण आएको छ, छुटाउन राजनीतिक दलहरूले दबाब दिइरहेका छन् । भ्रष्टाचार विपक्षीलाई तर्साउने साधनजस्तो भएको छ । भ्रष्टाचारीको पार्टी हुँदैन, विचार, रङ, जात हुँदैन । यसरी गए पो निष्कर्षमा पुगिन्छ ।’ उनले भारतले बिजुली किन्ने वहानामा नेपालका नदीनालामाथि कब्जा जमाएको आरोप पनि लगाए ।

‘भारतसँग १० हजार मेगावाट बिजुलीको सम्झौता भयो । आम रुपमा यो सकारात्मक छ । नेपालले व्यापार घाटा कम गर्न ठीकै होला,’ उनी भन्छन्, ‘१० हजार मेगावाटको विद्युत व्यापारभित्र नेपालले चुकाउनुपरेको हिडन कस्ट डरलाग्दो छ । भारतले आफ्नो कम्पनीले उत्पादन गरेको बिजुली मात्रै खरिद गर्ने भनेको छ । यसले तेस्रो मुलुकको लगानीलाई निषेध गरेको छ । ऊर्जा व्यापारको आवरणमा हाम्रो प्राकृतिक स्रोतमाथि कब्जा जमाएको छ ।’ उनले यसअघि निर्माण भएका विमानस्थललाई ह्यान्ण्डल गर्ने शर्तमा निजगढ विमानस्थल निर्माणको जिम्मा भारतलाई दिन लागेको भन्दै यो गलत हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width