मिस तामाङ ग्रान्ड फिनाले शनिबार

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
miss tamng cotensent photo

पोखरा । मिस तामाङको ग्रान्ड फिनाले शनिबार हुँदैछ । तामाङ समुदायका १० जना युवती विभिन्न तालिमपछि पोखरा सभागृहमा स्टेज उत्रिदैछन् ।

मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होसार अवसरमा बैदाम तामाङ सेवा समाज पोखराले यो ब्युटी पेजेन्टलाई निरन्तरता दिइएको हो । यो आठौं संस्करण हो । नेपालभरबाट भाग लिएका प्रतिस्पर्धीमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ र वर्षा लामा तामाङ छन् ।

मिस तामाङ पोखरा–२०२४ विजेताले १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान जित्ने छ । फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३० हजार साथमा ताज, ट्रफी, प्रमाणपत्र जित्ने छन् । भ्यूअर्स च्वाइसलाई २० हजार दिइने आयोजक बैदाम तामाङ समाज अध्यक्ष ज्याक तामाङले बताए ।

४५ दिनको तालिमपछि उनीहरुलाई ग्रान्ड फिनालेमा उतार्न लागिएको हो । जसमा तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियरसम्बन्धी तालिम, साइबर सेक्युरिटी,

आत्मविश्वास, सौन्दर्यकलासम्बन्धी तालिम प्रदान गरिएको तालिमका एक प्रशिक्षक सञ्जयकुमार मल्लले बताए ।

वाग्ममती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यमा हुने ग्रान्ड फिनालेमा प्रमुख निर्णायक क्या. विजय लामा रहने छन् । यस्तै, गायक एवं संगीतकार राजनराज शिवाकोटी र सञ्जीव वाइवाको प्रस्तुति पनि रहनेछ । कार्यक्रम सञ्चालन चर्चित सञ्चारकर्मी दिनेश डिसीले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width