अफिन गण्डकीद्वारा अग्रज स्वास्थ्यकर्मी सम्मान

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
aphin

पोखरा । निजी अस्पतालहरुको संगठन (अफिन) गण्डकीको पाँचौं साधरण सभा शनिबार पोखरामा भएको छ । साधारणसभाको छेकोमा अग्रज स्वास्थ्यकर्मीलाई सम्मान गरिएको अफिन गण्डकी सचिव ऋषि खतिवडाले बताए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यमा र अफिन गण्डकीको अध्यक्ष डा. गिरधारि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज स्वास्थ्यकर्मीहरुलाई दीर्घ सेवा सम्मान अर्पण गरिएको हो ।

चिकित्सक तर्फबाट डा. सोमत सिंह तुलाधर, नर्सिङ तर्फबाट प्रा.भगवती केसी, ल्याब तर्फबाट चेतबहादुर गुरुङ, फार्मेसी तर्फबाट खडानन्द शर्मा र रेडियोलोजी तर्फबाट उदयकान्त तिवारी सम्मानित भएका छन् ।

८६ वर्षीय डा. सोमत लामो समय गण्डकी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएका काम गरेका थिए । अफिन गण्डकीले पोहोरबाट फरक ५ क्षेत्रका अग्रजलाई सम्मान गर्न थालेको हो ।

जिन्दगीका आफ्ना सक्रिय दिनहरू स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा अफिन गण्डकीले गौरव महसुस गरेको सचिव खतिवडाले बताए । अफिन गण्डकीमा विभिन्न स्तरका ३२ अस्पताल आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक…
  • पोखराको भवन मापदण्ड : ५ तलामाथिका घरमा लिफ्ट अनिवार्य

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले नयाँ मापदण्ड सार्वजनिक गरेको छ । २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना,…
  • पोविवि शिक्षण अस्पताल अनुगमन

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । स्वास्थ्य निर्देशनायलय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलेको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको टोलीले पोखरा विश्वविद्यालय शिक्षण…
  • सराङकोटमा कफी खेती तालिम

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटिडले आफ्ना सेयर सदस्यका लागि कफी खेतीबारे…
  • सरसफाइ सामग्री हस्तान्तरण एवं प्रशिक्षण

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    हेमजा । टोल विकास संस्था समन्वय समिति पोखरा २५ हेमजाको आयोजना तथा वडा नम्बर २५ वडा कार्यालयको आर्थिक सहयोगमा सरसफाइ…

hero news full width