राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
BADIJA BANK

पोखरा । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन उद्घाटन गरिएको छ ।

बैंकको ५९ औं वार्षिकोत्सव अवसरमा नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतले काठमाडौंबाटै भर्चुअलमार्फतबाट भवनको उद्घाटन गरेको प्रादेशिक कार्यालयका नि. प्रबन्धक विदुरभूषण क्षत्रीले बताए ।

यता, पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले सरकारले नीति, नियम बनाउँदा ध्यान दिनुपर्ने बताए । बैंकहरुले कृषि र उद्योग क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्नुपर्ने धारणा राख्दै अनुत्पादक क्षेत्रमा कम लगानी गर्न, कृषिलाई उत्पादन आधारमा अनुदान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, सेवाग्राही मनबहादुर खड्का, पूर्व कर्मचारी गंगाधर पौडेल, राष्ट्रिय बाणिज्य बैंकका कावा अध्यक्ष सन्तोष ढुंगाना, वित्तीय कर्मचारी संघका अध्यक्ष विकास क्षत्री, क्षेत्रीय कार्यकारी अधिकृत नवीन पौडेल लगायतले राष्ट्रिय वाणिज्य बैंक प्रविधिसँगै अगाडि बढेको बताए ।

पोखरा नयाँबजारमा २५ करोड लागतमा निर्मित भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । करिब ४ रोपनीमा निर्मित पाँचतले यो भवन अत्याधुनिक छ । सोलार लाइटसमेत जडान भएकोले विद्युत्को कुनै समस्या छैन । भुइँतलामा पार्किङ, पहिलो तलामा यसअघि पृथ्वीचोक शाखाबाट हुने गरेको आर्थिक कारोबार सुरु भइसकेको छ । बीचको तला भाडामा दिइने बताइएको छ भने माथिल्लो तलमा प्रादेशिक कार्यालय हुने नि. प्रादेशिक प्रबन्धक क्षत्रीले बताए ।

कृषि कर्जालाई प्राथमिकता दिँदै आएको यो बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको जनाएको छ । कार्यालयमा १७ कर्मचारी र शाखामा १६ कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width