पोखरा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
BANIJYA BANK

पोखरा । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन उद्घाटन गरिएको छ ।

नेपाल सरकारका अर्थमन्त्री प्रकाशरण महतबाट बैंकका ५९ औं वार्षिकोत्सव अवसरमा काठमाडौंबाटै उद्घाटन भएको प्रादेशिक कार्यालयका नि. प्रबन्धक विदुरभूषण क्षत्रीले बताए ।

यता, पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले सरकारले नीति, नियम बनाउँदा ध्यान दिनुपर्ने बताए । बैंकहरुले कृषि र उद्योग क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्नुपर्ने धारणा राख्दै अनुत्पादक क्षेत्रमा कम लगानी गर्न, कृषिलाई उत्पादन आधारमा अनुदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य, सेवाग्राही मनबहादुर खड्का, पूर्व

कर्मचारी गंगाधर पौडेल, राष्ट्रिय वणिज्य बैंकका कावा अध्यक्ष सन्तोष ढुंगाना, वित्तीय कर्मचारी संघका अध्यक्ष विकास क्षत्री, क्षेत्रीय कार्यकारी अधिकृत नवीन पौडेल लगायतले राष्ट्रिय वाणिज्य बैंक प्रविधिसँगै अगाडि बढेको बताए ।

पोखरा नयाँबजारमा २५ करोड लागतमा निर्मित भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । करिब ४ रोपनीमा निर्मित पाँचतले यो भवन अत्याधुनिक छ । सोलार लाइटसमेत जडान भएकोले विद्युत्को कुनै समस्या छैन । भुइँतलामा पार्किङ, पहिलो तलामा यसअघि पृथ्वीचोक शाखाबाट हुने गरेको आर्थिक कारोबार सुरु भइसकेको छ । बीचको तला भाडामा दिइने बताइएको छ भने माथिल्लो तलमा प्रादेशिक कार्यालय हुने नि. प्रादेशिक प्रबन्धक क्षत्रीले बताए ।

कृषि कर्जालाई प्राथमिकता दिँदै आएको यो बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको जनाएको छ । कार्यालयमा १७ कर्मचारी र शाखामा १६ कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • कोदोबाट बिस्कुट उत्पादन, बजारको माग धान्नै मुस्किल   

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    गलकोट ।  पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला…
  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • मोबाइल मेलामा नीमाले जितिन् स्कुटर

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । पोखरा मोबाइल टावरद्वारा सञ्चालित पोखरा मोबाइल मेलाको उपहार कार्यक्रम सार्वजनिक भएको छ । जसमा कास्कीका नीमा गुरुङ (००३२…
  • व्यावसायिक योजना सम्वन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा वित्तीय साक्षरता तथा व्यावसायिक योजना सम्बन्धी अभिमुखीकरण…

hero news full width