पोखराको मेथलाङमा जीप खस्दा चालकको मृत्यु, २ घाइते

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
accident

पोखरा । पोखराको चिसाखोलास्थित मेथलाङमा बुधबार बिहान जीप दुर्घटना हुँदा चालकको निधन भएको छ । दुर्घटनामा १ महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा जीप चालक पोखरा १८ ग्यारजातीका ४९ वर्षे कृष्णबहादुर थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा सवा १० बजेतिर निधन भएको हो । जीपमा सवार सोही ठाउँका ६९ वर्षे हिमकला थापा र ७० वर्षे चन्द्रकला थापा ढाडमा चोट रहेको उपचार भइरहेको छ ।

बिहान सवा बजेतिर दूध बोकेर मेथलाङबाट पोखरा बजार झर्दै गरेको ग३च २६०३ नम्बरको बोलेरोजीप नियन्त्रण गुमाई सडकको दाँया तर्फ करिब २० मिटर तल ख खसेको प्रहरीले जनाएको छ । घटनालगत्तै वडा प्रहरी कार्यालय बगरबाट १३ जनाको टोली खटी उद्धार गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width