कर वृद्विको विरोध गर्दै कास्की कांग्रेस पोखरा महानगरपालिकामा

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
tax congresss

पोखरा। नेपाली कांग्रेस कास्कीले पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि अस्वाभाविक रुपमा वढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यस तर्फ उचित ध्यान नदिएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा कर घटाउन माग गर्दै महानगरको राजश्व वृद्वि के कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा विभिन्न १२ बुँदे सुझाव पनि दिइएको छ ।

सुझावहरुमा करको विषयमा सोचाइको परम्परागत घेराभन्दा बाहिर निस्कन, धेरै कर उठाउने नीति होइन धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गर्न, कर बढाएर मात्रै राजस्वको बृद्धि हुदैन भन्ने गाम्भीर्यतालाई महसुुस गर्न, लगनशीलता र मितव्ययीताको परम्परालाई स्थापित गर्न र पोखराका निम्ति सपना देख्न र सपना देखाउन सुझाव दिइएको छ ।

त्यस्तै, ्दक्ष जनशक्तिको व्यवस्थापन गर्न, समृद्धिका लागि सबै तहका सरकारसँग समन्वय गर्न, कम लगानीमा देखिने गरी विकासका काम गर्न, विकासको योजना प्राथमिकताको आधारमा तय गर्न, जनतालाई नवप्रवर्धनात्मक उद्यमशीलता र उत्पादनसँग जोड्न, बेरुजु र बाँकी बक्यौता उठाउने इमान्दार प्रयास गर्न, करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन÷अनुसन्धान गर्न, पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गर्न पनि सुझाव दिइएको छ ।

कास्की काँग्रेसले पोखराका प्रतिष्ठित उद्योग व्यवसायी, स्थानीय वुद्धिजिवीहरु र पार्टीका नेता तथा शुभचिन्तकहरुको राय सल्लाह र सुझावको आधारमा ज्ञापनपत्र तयार पारेको हो ।

‘ज्ञापनपत्रमा समेटिएका विषयहरु काँग्रेसका विषय मात्र छैनन्, पोखरेलीको भावना र आवश्यकताहरु हुन् कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो – जिम्मेबार पार्टी भएका कारण माग मात्र गरेका छैनौं, निकासका लागि सुझाव पनि दिएका छौं ।’

कुनै व्यक्ति वा संघ संस्थाले आय आर्जन वा व्यवसाय सञ्चालन गरे बापत सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने वित्तीय शुल्क वा लेवि नै कर हो र कर सरकारको आयको मुख्य स्रोत हो र यसको उपयोग सार्वजनिक हित र समृद्धिका निम्ति गरिन्छ भन्ने कुरामा नेपाली काँग्रेस कास्की सचेत छ , ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ – जनताबाट उठेका प्रश्नहरुप्रति नेपाली काँग्रेसको उच्च सम्मान छ । आफ्ना जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कहिलेकाही जनताको हित अनुकूल हुन नसकेको जन गुनासो रह्यो र आफूलाई पनि त्यसको अनुभूति भयो भने नेपाली काँग्रेस जनताका निम्ति जनताकै चाहनाअनुसार आफूलाई परिमार्जित गर्दै अगाडि बढ्ने राजनैतिक संस्कारलाई स्थापित गराउन चाहन्छ ।

नेपालको राजनीतिलाई समृद्ध बनाउन र आगामी दिनमा आफ्ना जनप्रतिनिधिहरुलाई जिम्मेवार र उत्तरदायी बनाएर जनताका पक्षमा काम गर्नका लागि थप उर्जा र प्रेरणा प्रदान गर्ने छ भन्ने कुरामा नेपाली काँग्रेस, कास्की विश्वस्त छ ज्ञापनपत्रमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width