गलकोट । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । अन्य छजना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस
—
Related News
सम्बन्धित समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
हारबाट सिक्छ गण्डकी भलिबल
हर्षोल्लासका साथ मनाइयो तीज
hero news full width
मुख्य समाचार
लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१लामाचौर कपमा महिलातर्फ एपीएफलाई भलिबल उपाधि
भाद्र २१, २०८१तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
भाद्र २१, २०८१तीज अवसरमा गण्डकीका मुख्यमन्त्रीको शुभकामना
भाद्र २१, २०८१विद्यावारिधि हासिल गर्नेलाई सामूहिक सम्मान
भाद्र २०, २०८१