मित्रमिलन सहकारी ठगीमा अध्यक्ष र सिइओ कारागार चलान

आदर्श समाज सम्वाददाता
पौष २२, २०८०
kaski district court by vijay nepal

पोखरा । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरु दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । ३२ वर्षीय अध्यक्ष पौडेल स्याङ्जा आँधिखोला ४ स्थायी वासिन्दा हुन् भने २८ वर्षीय अधिकारी पोखरा २३, खोरापाखाका हुन् ।

बिहीबार र शुक्रबार बयानपछि आइतबार थुनछेक बहस भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् । शर्माका अनुसार पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै २१ करोड रकम बिगो माग दाबी र कैद सजायका लागि जाहेरी परेको थियो ।

उक्त सहकारी शाखा बिस्तारबारे घूस प्रकरणमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । न्यायाधीश ऋषिराम आचार्यको इजलासले इजलासले गत मंगलबार पराजुलीसहित सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा १७, बिरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

मित्रमिलन सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन् । अझै २७ जना फरार छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width