भिटोफ गण्डकीमा शोभा

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
VITOF Photo

पोखरा । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीमा शोभाकुमारी अधिकारीको अध्यक्षमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

भिटोफ गण्डकीको चौंथो अधिवेशनले उनको नेतृत्वमा बिहीबार ९ सदस्यीय नयाँ समिति सर्वसम्मत् चयन गरेको हो । समिति प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्ष सुशीला भण्डारी, सचिव लक्ष्मण पहारी, सहसचिव विश्व क्षत्री र कोषाध्यक्षमा शरण गुरुङ निर्वाचित भए । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट र बिमला सापकोटा निर्वाचित भए । एक सदस्यपछि मनोनीत गरिने जनाइएको छ । कार्यकाल २ वर्षको हुनेछ ।

यसअघि, साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले भूगोल, परिवेश, रहनसहन, सँस्कृति, धार्मिक रीरितरिवाजले ग्रामीण पर्यटनलाई सघाइरहेको बताए । उनले गण्डकी प्रदेशको पर्यटनमा स्वदेशी पर्यटनको योगदान बढिरहेको उल्लेख गरे । ‘धार्मिक वैभवताले भरिपूर्ण हाम्रा प्रदेश हो । हामीले धार्मिक पर्यटनकै माध्यमबाट प्रगति, समृद्धि हासिल गर्न सक्ने सहज उपाय रहेछ’, उनले भने ।

यसैबीच, भिटोफ नेपालले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कारबाट सञ्जय रानाभाट पुरस्कृत भए । ग्रामीण पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएवापत उनलाई पुरस्कृत गरिएको अध्यक्ष उदय सुवेदीले बताए । प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width