गिद्ध वर्गलाई स्वागत गर्दै मनाइयो ल्होछार

धनबहादुर गुरुङ
पौष १५, २०८०
Lohsar Fest Photo 1

पोखरा । गुरुङहरूको संस्कृति अनुसार १२ वटा वर्ष (ल्हो) छन् । विभिन्न पशुपंक्षीको नामबाट ती ल्होको नामकरण गरिएको छ । मुसाबाट सुरु भएर मृग वर्गमा पुगेर ल्हो सकिन्छ । अनि फेरि सोही क्रम सुरु हुन्छ । पुस १५ देखि नयाँ ल्हो आउने भएकाले यही मितिलाई गुरुङ समुदायले ल्होछारका रुपमा मनाउँदै आएका छन् ।

आइतबार पोखराका गुरुङ समुदायले बिरालो बिदाइ गरी गिद्ध वर्गलाई स्वागत गर्दै मनाएको छ । यही क्रममा पोखराका विभिन्न गुरुङ संघ, संस्थाले संस्थागत रुपमै विभिन्न कार्यक्रम गरेको थियो । पोखरामा प्रधान कार्यालय रहेको तमु धिं नेपालले आइतबार बिहानैदेखि क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, दीप बाली गुरु एवं अग्रज पुज्ने गरिएको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए ।

दिउँसो पोखरा रानीपौवाबाट शुभकामना ¥याली निकाली तमु धिं नेपालको प्रांगणमा पुगी ल्होछार विशेष, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसहित पुरस्कार अर्पण र मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै प्रदेशसभा सदस्य सरस्वती गुरुङले देश संघीय लोकतन्त्रिक गणतन्त्र स्थापित भएपछि जातीय संस्कृति खुलेर मनाउन पाएको बताइन् । जातीय संस्थामा नेतृत्व गर्दै कानुन बनाउने तहसम्म यही कारण पुगेको उनको भनाइ थियो । ‘संघीयता भनेको समानता हो, समावेशिता हो,’ उनले भनिन्, ‘सबै लिंग, जात, भूगोलका मानिसहरूले समान रुपमा अवसर पाइन्छ भन्ने पनि हो ।’

तमु एकता आजको आवश्यकता रहेको उनले बताइन् । संसारभर छरिएर रहेको गुरुङ समुदाय एक भएमा भाषा, संस्कार, संस्कृति जोगाउन सकिने उनले सुनाइन् । सोही अवसरमा ल्होछार र ल्होछारमा मत भिन्नता नराख्न उनले आग्रह गरिन् । ‘अहिले ल्होछार र ल्होसारमा निकै विविधता पाइएको छ । यो आ–आफ्नो ठाउँबाट अपभ्रंस भएको हो यसलाई ठूलो समस्याका रुपमा नलिऔं,’ उनले भनिन्, ‘दसैं, विजया दशमी, बडादसैं पनि भनिन्छ । अनि तिहारलाई दीपावली, भाइटीका पनि भनिन्छ नि, त्यस्तै ल्होछार र ल्होसार पनि भनिन्छ ।’

तमु धिंका संस्थापक अध्यक्ष कर्मा तमुले गुरुङहरूको संस्कृति जोगाउनु आजको आवश्यकता रहेको बताइन् । अब हाम्रो भाषा, संस्कृतिसँगै भेषभूषा युवायुवतीहरूलाई नसिकाउने हो भने लोप हुने अवस्थामा पुग्ने बताइन् ।

तमु धिं नेपालका अध्यक्ष हुम तमुले समुदायको संस्थागत मर्यादालाई बचाएर शक्ति निर्माणको अभियानमा सबै तमु समुदाय एक भएर लाग्नुपर्ने बताए । संसारभरका तमु एक भएर लागिपरे संविधान लेखिएको अधिकार प्राप्त गर्न गाह्रो नरहेको उनले सुनाए । ‘यहाँ गुरुङ भाषामा पठनपाठन गरिने अनि सरकारी कामकाज भाषामा गुरुङ भाषाले मान्यता पाउने कुरा चलिरहेको छ,’ उनले भने, ‘तर, खै त यसको लागि काम अघि बढेको ? जबसम्म हाम्रो शक्ति निर्माण भएर दबाब र प्रभाव पुग्दैन । त्यो बेलासम्म हाम्रो अधिकार पाउँदैनौं । त्यसैले तमु समुदायको अधिकार स्थापित गर्न सबै तमु समुदाय एकीकृत भएर लाग्नुपर्छ ।’

क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, दीप बाली गुरु एवं अग्रज पुज्ने गरियो भने छात्रवृत्ति, पुरस्कार र सम्मान अर्पण गरियो

कार्यक्रममा छात्रवृत्ति, पुरस्कार र सम्मान पनि अर्पण गरिएको थियो । आकृति छात्रवृत्ति सुवाष, सोभिका र समीर गुरुङलाई प्रदान गरिएको थियो । सुनील छात्रवृत्ति पुनम, कुसुम र तमन्ना गुरुङलाई दिइएको थियो ।

पुरस्कारतर्फ कर्णेल तीर्थकुमारी समाज सेवा पुरस्कार संस्थाका पूर्व सचिव वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङलाई प्रदान गरियो । उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । ७ हजार रुपैयाँ राशि रहेको सन्तबहादुर तमु स्मृति समाज सेवा पुरस्कार संस्थाका संरक्षक पुरन्ध्वज गुरुङलाई अर्पण गरिएको छ । डा. हर्क, डा. चन्द्र र प्राध्यापक सन्त शिक्षा पुरस्कारबाट संस्थाका पूर्व सदस्य शान्ति गुरुङ नगद १५ हजार रुपैयाँसहित सम्मानित भइन् । स्व. घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट गायक धनबहादुर गुरुङलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरियो । आदिकवि स्व. हर्क तमु स्मृति पुरस्कार साहित्यतर्फ माओत्से गुरुङ र समाजसेवातर्फ सरिता गुरुङलाई अर्पण गरियो । उनीहरूलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

ल्होछारकै कार्यक्रम अन्तर्गत सोमबार परम्परा छेलो प्रतियोगिता गरिने तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए । ल्होछार मनाउने क्रममै शनिबार बिहान तमु धिं नेपालको आयोजनामा तमु ह्युल चोक बिरौटा सरसफाइ गरिएको थियोे । तमु धिं नेपालको प्रांगणमा दिउँसो स्वास्थ्योपचार सहयोग हस्तान्तरण, बेलुका दीप प्रज्ज्वलन एवं शुभकामना आदानप्रदान र स्योकै कार्यक्रम गरिएको उनले जानकारी दिए ।

गुरुङहरूकै अर्को संस्था तमु प्हे ल्हु संघ नेपालले पनि सप्ताहव्यापी कार्यक्रम गरी यो वर्षको ल्होछार मनाएको महासचिव हर्क गुरुङले जानकारी दिए । ‘हामीले पुस ९ गने रक्तदान, भोलिपल्ट छ्यपो पूजा, १२ गते सरसफाइ, १३ गते विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, १४ गते जिल्ला समितिले शुभकामना कार्यक्रम ग¥यो,’ उनले भने, ‘मुख्य दिन १५ गते युवा समितिका नृत्य प्रतियोगितासँगै केन्द्रीय समितिको शुभकामना आदानप्रदान कार्यक्रमपछि समापन गरियो ।’ १४ गते राति नै बिरालो वर्गलाई बिदाइ, गिद्ध वर्गको स्वागत गर्न राति १२ बजे ‘बोन फायर’ पनि भएको थियो ।

ल्होछारको बिहानै ४ बजेदेखि नै घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लमहरूबाट छ्यगुह्यगु (ग्रह काट्ने काम) गरिएको थियो । प्हच्यु, घ्याब्री र बोन लमहरूबाट रिपा लगाउने कार्यक्रम पनि भएको थियो ।

पोखरा १० स्थित बौद्ध अर्घौं सदनले बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । ‘ग्रहशान्ति गर्ने काम शनिबारदेखि नै सुरु भएको थियो । ल्होछारको मुख्य दिन यसको विसर्जन गरियो,’ उनले भने, ‘अनि दर्शन गर्ने, दीप प्रज्ज्वन, रिपा लगाउने, शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, रक्तदान, स्वास्थ्य परीक्षणसँगै नयाँ कार्यसमितिलाई सपथ गराउने काम पनि भयो ।’

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width