पोखराको गणेशटोलमा यःमरी महोत्सव

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
yomari

पोखरा । नेवारी भाषामा य को अर्थ मन परेको र मरीको अर्थ रोटी हुन्छ । यःमरी अर्थात् मन परेको रोटी नेवारी समुदायबाट लोप हुने खतरामा छ । नयाँ पुस्ताले यो रोटी केहीले बाहेक अरुले बनाउन जान्दैनन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन पोखरा महानगरपालिका ४ को आयोजनामा पोखरामा यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगिता भएको छ ।

यःमरी पुन्ही अर्थात् यमरी पूर्णिमाको अवसरमा सोमबार पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता भएको हो । नेवाः मिसा पुचः कास्कीको समन्वयमा भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले महोत्सवको उद्घाटन गर्दै पोखरा ४ नम्बर वडाले प्रस्ताव ल्याए उक्त महोत्सवलाई हरेक वर्ष गर्न महानगर तयार रहेको बताए । सबै जातजाति, भाषा संस्कृतिको संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको जानकारी थिए । प्रमुख आचार्यले पोखराको उक्त क्षेत्र पोखराको ऐतिहासिक महŒवको क्षेत्र र बजार प्रारम्भ भएको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले विशेष योजना बनाएको समेत बताए । भेइकल फ्रि क्षेत्र बनाउँदै उक्त क्षेत्रलाई ऐतिहासिक सम्पदा क्षेत्रको रुपमा विकास गर्ने उनको भनाइ छ । त्यसका लागि काम भइरहेको उनले बताए ।

कार्यक्रममा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिना, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, वडा नम्बर २ का अध्यक्ष दिवशमान प्रधानांग, वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदास, वडा नम्बर ५ का अध्यक्ष विष्णु बराल, नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्य, कांग्रेस पोखरा ४ का सभापति गोविन्द पराजुली, रामकृष्ण टोल नेवाःमिसा पुचः का अध्यक्ष भवानी माकाजु लगायतले नेवारी समुदायको प्रचलित परिकार यःमरी जोगाउनुपर्नेमा जोड दिए ।

पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडाले कला र संस्कृतिको संरक्षणका लागि महŒवपूर्ण कार्य गरेको बताए । उनले विकास भनेको भौतिक पूर्वाधार मात्र निर्माण गर्नु नभएर कला र संस्कृतिको संरक्षण पनि रहेको बताए ।

महोत्सव उद्घाटनअघि झाँकीसहितको ¥याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।

¥यालीमा सहभागीमध्ये प्रथम भएको नमुना महिला समूहले ७ हजार, द्वितीय बनेको सर्वेश्वर परोपकार नारी समूहले ५ हजार र तृतीय भएको सिर्जनशील महिला समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

त्यस्तै, यःमरी प्रतियोगितामा कर्माचार्य मिसा पुच प्रथम हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । द्वितीय जिरो मालेपाटन पस्र्याङ मिसा पुच, तृतीय बगर मिसा पुच र सान्त्वना शिशुवा मिसा पुच हुँदै क्रमशः ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाइभ डेमोस्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायत परिकारहरूका स्टल राखिएका थिए । साथै, पोखरेली लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुतिसहित मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width