पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
Khelkud Cup

लेखनाथ । पोखरा–२९ भण्डारढिकमा टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ शनिबारबाट सुरु भएको छ । पोखरा २९ द्वारा आयोजित प्रतियोगिताको एक समारोहबीच संघीय सांसद मनबहादुर गुरुङले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद गुरुङले खेलकुदको माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय स्तरमा समेत उँचो भएको बताउँदै यसको विकासमा राज्यले ध्यान पु¥याउनुपर्ने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन, ङयोए तमु धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरे ।

प्रतियोगिताका मूल संयोजक एवं वडाध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षा, स्वास्थ्य र खेलकुदलाई वडाले पहिलो प्राथमिकतामा राखेको र प्रतियोगिताको माध्यमबाट वडाभित्रको सशक्त टिम तयार गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने वडाको लक्ष्य रहेको बताए । प्रतियोगितामा टिम छनोट गर्दा जन्म दर्ता र टोल विकास संस्थाको सिफारिसका आधारमा १७ वर्ष मुनिकालाई मात्र समावेश गरिएको वडाध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सिद्ध टोल विकास संस्थाले नयाँ बस्ती टोल विकास संस्थालाई ४–२ को गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा मिलिजुली टोल विकास संस्थाले जनप्रकाश टोल विकास संस्थालाई ४–२ को गोल अन्तरले पराजित ग¥यो ।

सोमबार पहिलो खेल नौबिसे ओख्लेडाँडा टोल विकास संस्था ‘बि’ र भण्डारढिक टोल विकास संस्थाबीच हुनेछ भने दोस्रो खेल नौबिसे ओख्लेडाँडा टोल विकास संस्था ‘सि’ र नमुना टोल विकास संस्था ‘बि’ बिच हुने वडा सदस्य एवं वडास्तरीय खेलकुद विकास समितका अध्यक्ष कालीदास पोख्रेलले जानकारी दिए ।

मंसिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २० टिमको सहभागिता रहनेछ भने प्रतियोगितामा विजेताले ३० हजार, साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले नगद १५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सहभागी सम्पूर्ण टिमलाई नगद ५ हजार प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width