तारकाङ पोखरा समाजको सभा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
Tarkang pokhara samaj

पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रमबीच संस्थाका निवर्तमान उपाध्यक्ष गौरी सापकोटा, सचिव नेत्रप्रसाद तिमिल्सिना, सदस्यहरु गजेन्द्र सापकोटा, कमल सापकोटा, मीना सापकोटा, महादेव सापकोटा र गुरुप्रसाद सापकोटालाई सम्मान गरियो । संस्थाका सदस्यका एसइई उत्तीर्ण ७ छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

यस्तै, लेउवासंघका सदस्य पदमा निर्वाचित संस्थाका सदस्य टीकाराम सापकोटा, राष्ट्रिय माविमा प्रअ नियुक्त ईश्वरीप्रसाद सापकोटा र पोखरा सहरी विकास योजना आयोगमा सदस्य मनोनीत संस्थाका सल्लाहकार जयप्रसाद सापकोटालाई सम्मान गरिएको विष्णुहरि पोखरेलले जानकारी दिए ।

कार्यक्रममा निर्वाचन आयोग लमजुङका प्रमुख तथा संस्थाका आजीवन सदस्य नारायणप्रसाद सापकोटा, मादी ४ का संस्थापक अध्यक्ष सत्यराज सापकोटा, ध्रुव मावि विव्यस सदस्य तथा समाजसेवी बुद्धिसागर सापकोटा, सम्मानित व्यक्तित्व टीकाराम सापकोटा, पोखरा महानगरका इन्जिनियर तथा संस्थाका निवर्तमान सचिव नेत्रप्रसाद तिमिल्सिना, सल्लाहकार मनोहरि सापकोटा, आजीवन सदस्य यमनाथ सापकोटा, खेमराज सापकोटा लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष शरद् सापकोटाले स्वागत तथा सहसचिव भीमप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width