सहज ट्रेड सहकारीमा सरीता

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
sahaj

पोखरा । सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्य सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामाणि बास्तोला, सचिव माधवप्रसाद तिमिल्सेना, कोषाध्यक्ष विश्व तण्डुकार, सदस्यहरुमा मचराजा महर्जन, कल्पना शर्मा, रक्छे लामा छन् ।

लेखा समिति संयोजक राजु श्रेष्ठ र सदस्यहरुमा कमलकुमार प्रधान र रामनारायण श्रेष्ठ रहेको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता दामोदर अधिकारीले बताए । अधिवेशनको शुभारम्भ गर्दै सहकारीका संस्थापक अध्यक्ष कृष्णबहादुर थापाले सहकारी भावना र सिद्धान्तमा रहे संस्था सञ्चालनमा समस्या नहुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width