विद्याज्योतिमा एभरेस्टको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
everest sahakari

पोखरा । एभरेस्ट सहकारी संस्थाले मादीको विद्याज्योति आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । सहकारी संस्थाका व्यवस्थापक वासुदेव पौडेलका अनुसार विद्यालयका ४० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

संस्थाका उपाध्यक्ष बलराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाँउपालिका ५ का वडाध्यक्ष हुमनाथ अधिकारी प्रमुख अतिथि थिए । कार्यक्रमको संयोजन संस्थाका शिक्षा उपसमिति संयोजक क्षितीज कोइरालाले गरेका थिए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष शालिग्राम भट्टराई र विद्यालय व्यस्थापन समितिका अध्यक्ष भीम गुरुङले भनाइ राखेका थिए । विद्यालयका प्राचार्य लक्ष्मी पराजुलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव गमबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width