नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
NIPS Pic

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरको ११ औं वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले बद्रीनाथ पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको संस्था निप्सको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सूर्यबहादुर केसी, सचिवमा छविलाल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमला, सुरेश रेग्मी रामजी प्रसाद बराल र विश्वराज पौडेल छन् । अध्यक्षमा निर्वाचित पौडेल एसियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख हुन् ।

यसअघि साधारण सभा तथा अधिशेनको उद्घाटन गर्दै, नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले बिमा क्षेत्रमा क्रियाशील कर्मचारीहरुले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनु पर्ने बताए । उनले अझै पनि ग्रामीण क्षेत्रमा बिमाको पहुँच हुन नसकेको उल्लेख गर्दै, बिमा साक्षरता अभियान चलाउनु पर्नेमा जोड दिए । बिमा प्राधिकरणको प्रदेशस्तरमा कार्यालय सञ्चालन भएपछि बिमा क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताए ।

पोखरा च्याप्टरका कार्यबहाक अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु सुनयना पालिखे, केशवराज ढकाल, नेपाल सर्र्भेेयर एसोसिएसनका केन्द्रीय उपाध्यक्ष इन्जिनियर देउकाजी गुरुङ, गण्डकी संयोजक सुरेन्द्रबहादुर गोदार, नेपाल माइक्रो इन्स्योरेन्सका बजार प्रमुख अमृत अधिकारी लगायतका वक्ताहरुले बिमा क्षेत्रका बारेमा बोलका थिए । सोही अबसरमा नवनिर्वाचित अध्यक्ष बद्रीनाथ पौडेलले निप्स पोखरा च्याप्टरले कर्मचारीको वृत्तिविकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width