१७ वर्षे बालकले बस चोरेर चलाउँदा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
bus chori

पोखरा । पोखराको पृथ्वीचोकमा रोकिराखेको बस शुक्रबार राति एक्कासी हरायो । पार्किङमा राखेको बस त्यो ठाउँमा नहुँदा हल्लीखल्ली हुने नै भयो । गाडीवालाले तुरुन्तै प्रहरीलाई खबर गरे ।

ग१ख ९६३८ नम्बरको बस चोरी भएको सूचना जब प्रहरीले पायो, तब कास्की प्रहरीले मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालयमा जानकारी गरायो । बस नम्बरसहित जानकारी पाएकाले राजमार्गहरुमा प्रहरी चनाखो भएको बसेका थिए । त्यही नम्बरको गाडी चितवनको आँपटारीमा शनिबार बिहानपख देखियो ।

गाडी रोकेर प्रहरीले सोधपुछ गर्ने नै भयो । गाडीमा चालक थिए, तनहुँको म्याग्दे ३ का १७ वर्षे बालक । १७ वर्षे बालकसँग लाइसेन्स त हुने कुरै भएन । प्रहरीले उनलाई पक्राउ गरी गाडी नियन्त्रणमा लियो । ती बालकले किन र के प्रयोजनका लागि गाडी लगेका हुन त्यो भने खुल्नै बाँकी छ ।

कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट म्याद थपेर डाँका चोरी मुद्दामा अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width