ड्राइभिङ स्कुल संघमा तुलबहादुर

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
Driving newss

पोखरा । ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीण सापकोटा (नवलपुर), उपाध्यक्ष नवराज तिवारी (तनहुँ), सचिव रामचन्द्र पौडेल (कास्की), सहसचिव भीमलाल खनाल (स्याङ्जा) छन् । सदस्यमा नवराज दवाडी, गोपाल अधिकारी, हेमराज महतो, मेघनाथ देवकोटा, मनध्वज राना, कमलादेवी गुरुङ, शुस्मिता थापा र गंगाराम शर्मा चापागार्इं निर्विरोध छन् ।

केन्द्रीय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले कार्यक्रम उद्घाटन गर्दै संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यले पनि संघको नीतिनियममा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष मोहनबहादुर गुरुङ, वर्तमान महासचिव उमेश सिके, केन्द्रीय सदस्य विश्वकुमार माकाजु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरी र सञ्चालन सचिव वासु कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width