‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
mountain festival (2)

पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा अनुभव साटिएको छ ।

‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफू र आफ्नी आमाले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।

सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् ।

उनको सन् २०१० मा मृत्यु भएको थियो । तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् ।

‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४/१५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’

इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाए

आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’

हुबाचेक आमाछोरीले लामो समय लगाएर फरक–फरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो ।

आफूहरुले समयको फरकभन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।

नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारदेखि सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।

उद्घाटन अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको  बुलौदीमा  मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता फागुन १९, २०८०
    पोखरा ।  पोखराको  पोखराको  बुलौदीमा  आज बिहानै  मोटरसाइकल दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ । बिहान ३ः४५ बजेतिर  मोटरसाइकल…
  • मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    तनहुँ ।  मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर…
  • भरतपुर भ्रमण वर्ष सुरु

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    चितवन ।  चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष–२०२४ को प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले…
  • लक्ष्मी आदर्शको स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् । लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो…
  • मिर्गौला पीडितलाई आर्थिक सहयोग

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । मिर्गौला पीडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम घर भइ हाल पोखरा ६ बस्दै…

hero news full width