लायन्स हेरिटेजको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
lions heritage

पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा बाबियातरास्थित आश्रमका आश्रित १ सय १० जनालाई न्यानो कपडा सहयोग गरिएको छ।

क्लब अध्यक्ष श्याम गुरुङका अनुसार शनिबार आश्रममै पुगेर त्यहाँका १ सय १० जनालाई जाडोमा लगाउने ट्राउजर र हाइनेक सहयोग गरिएको हो।

लायन्स क्लब ३२५ आईका डिष्ट्रिक्ट को–अर्डिनेटर ऋषि गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमानसिंह भण्डारी, लायन्सका रिजन चियरपर्सन मणिप्रसाद डुम्रे, संस्थापक अध्यक्ष सोभित पौडेल, पूर्व अध्यक्ष ओम उपाध्याय, पूर्व अध्यक्ष श्यामहरि तिवारी, क्लबका द्वितीय उपाध्यक्ष हरि केसी, कोषाध्यक्ष चिन्तामणि खरेल लगायतको उपस्थिति थियो ।

क्लब अध्यक्ष श्याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डेनिश गुरुङले गरेका थिए ।

सन् २०१६ मा स्थापित क्लबमा हाल १९ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width