औद्योगिक व्यापार मेलामा छुटैछुट

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
pcc mela 1

पोखरा, २३ मंसिर । नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवामा भारी छुट व्यवस्था गरिएको छ । मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामान बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले बताए । उनका अनुसार दैनिक उपभोग्य बस्तु र लत्ताकपडा सुपथ मूल्यमा बिक्री भइरहेका छन्।

‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’ उनले भने, ‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था गरेका छौं ।’ उनका अनुसार मेलाको हेल्थ पार्टनर चरक मेमोरियल अस्पतालले मेलास्थलमा स्वास्थ्य परीक्षणका साथै हरेक दिन २ जनालाई अस्पतालबाट सम्पूर्ण स्वास्थ्य परीक्षणको अवसर दिएको छ । बेटरहोम्सबाट पनि दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने चालिसे मोटर्स, नयाँबजारले मेलाको प्रवेश टिकटबाट गोलाप्रथाद्वारा १ जनालाई सुजुकी एभेनिक स्कुटर दिने घोषणा गरेको छ ।

यस्तै, मेलास्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निशुल्क सिमकार्ड वितरण भइरहेकोे टेलिकमका बजार व्यवस्थापन प्रमुख महेन्द्र रिमालले बताए । मेलामा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नेदेखि आफ्ना सेवाबारे जानकारी दिएका छन् भने पोखरा औद्योगिक क्षेत्र उद्योग संघतर्फबाट राखिएका स्टलबाट त्यहाँका औद्योगिक उत्पादन सुपथ मूल्यमा बिक्री तथा प्रदर्शन भइरहेको संघ उपमहासचिव शोभा गौतमले बताइन् ।

२१ मंसिरदेखि सुरु मेला १ पुससम्म जारी रहने छ । मेलामा सहभागीलाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा नाच्नेलाई पनि उपहारको व्यवस्था गरिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width