वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
ward no 12

पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल विकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एवं चोकमा डस्टबिन राखेको छ ।

त्यस्तै कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।

‘पोखरा पर्यटकीय सहर भएकोले पर्यटकको पनि ओइरो लाग्छ । पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवश्यक छ,’ वडाध्यक्ष बास्तोलाले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width