माधव नेपालले दिए छानबिनको चुनौती

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
408701404_1067673504647217_9141884753295059139_n

पोखरा । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले बालुवाटार निवास प्रकरणमा आफू संलग्न रहेको भए छानबिन गर्न चुनौती दिएका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कोही माइकेलालले भनोस्, माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर ।’

आफू झण्डै २ वर्ष प्रधानमन्त्री भएको स्मरण गर्दै उनले त्यसबेला प्रधानमन्त्री निवास विस्तारको योजना नै सुनाए । उनले अनाहकमा आफूलाई देखाएर भ्रष्टाचारको विषयलाई कमजोर नपार्न आग्रह समेत गरे ।

उनले आफ्नो पार्टी जनहितविपरीतका सबै क्रियाकलापको विरुद्धमा रहेको दाबी गर्दै उनले विद्यमान बेथिति र विसंगति अन्त्यका लागि सरकारलाई पटक पटक ध्यानकर्षण गराइएको बताए । देशको आर्थिक अवस्था सुधारका लागि ठोस कदम चाल्न आवश्यक रहेको भन्दै उनले समयमै मुलुकको अराजकता अन्त्यमा हुनुपर्ने बताए । उनले राजावादीहरुको पछिल्लो क्रियाकलापको पनि आलोचना गरे । उनले भने, ‘जनताका छोराछोरी राष्ट्रपति हुँदा देखिसहेका छैनन् ।’ उद्योग खोलेर जनतालाई रोजगारी दिन पूर्वराजालाई उनको सुझाव थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width