प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८०
Prativa Science Expo (1)

पोखरा । प्रतिभा माविमा विज्ञान प्रदर्शनी भएको छ । बिहीबार गरिएको प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए ।

प्रतिभाले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन राखेको प्रदर्शनीमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका हुन् । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री निर्माण गरेका छन् ।

विद्यालयका प्रिन्सिपल किरण सापकोटाले यस वर्ष विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेस प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेको बताए । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेको उनले बताए ।

विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । प्रदर्शनीमा विज्ञानका कुरा मात्र छैनन् । घरयासी प्रविधिदेखि स्मार्ट सिटीका योजना छन् ।

उत्कृष्टमध्ये कक्षागत वर्गिकरण गरी पुरस्कृत गरिने भएको छ । कक्षा ४ र ५ का विद्यार्थीबीचको आविस्कारमा उत्कृष्ट हुनेले ३ हजार, २ हजार र १ हजार क्रमशः पाउनेछन् । कक्षा ६, ७ र ८ का विद्यार्थीबीचको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउनेछन् । कक्षा ९ र १० बीचमध्ये उत्कृष्ट हुनेले ७ हजार ५ सय ५ हजार र ३ हजार पाउनेछ भने ११ र १२ कक्षामध्ये उत्कृष्ट हुनेले २० हजार, १५ हजार र ७ हजार ५ सय तथा सबै उत्कृष्टले मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रदर्शनीको शिक्षा विकास तथा समन्वय एकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव प्राचार्य किरण सापकोटाले प्रतिभामा उपयोग गरी मुलुककै गर्वलायक शैक्षिक संस्था बनाएकोमा उनले खुशी व्यक्त गरे । विद्यार्थी सुसंस्कारयुक्त, इमान्दार बन्नुपर्ने भन्दै उनले यही पुस्ताले अब मुलुक समृद्ध बनाउने पनि बताए । कार्यक्रममा विद्यालयका निर्देशक बलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन सिनियर फिजिक्स टिचर मदन लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width