गोल्डेन वचत तथा ऋण सहकारीको वार्षिकोत्सवमा दृष्टीविहीनलाई सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८०
Golden Birthday (2)

पोखरा । गोल्डेन साकोसको १५ औं वार्षिकोत्सवको अवसरमा दृष्टिविहीनलाई सहयोग गरिएको छ । कास्की जिल्ला नेत्रहीन संघमा आबद्ध नेत्रहीनहरुलाई २० ग्रस पेन्सिल, ६ सय डट्पेन र २५ जोड जाडोमा लगाउने चप्पल गरी ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरिएको सहकारीले जनाएको छ । संस्थाका तर्फबाट अध्यक्ष कृष्णप्रसाद पोख्रेलले शुक्रबार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद सञ्चालन गरेको कार्यक्रममा स्वागत गण्डकी प्रदेश नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले गरेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक मोतिप्रसाद पौडेल, विमला आचार्य, दीलमाया पौडेल सुवेदी, ध्रुवकुमार महत, विनय सुवेदी र संस्थाका प्रवन्धक दीपक पन्त सहभागी थिए ।

संस्थाको सेयर पुँजी ९ करोड ५४ लाख ५४ हजार छ भने बचत ४० करोड ३१ लाख, ऋण लगानी ४४ करोड ७८ लाख र सेयर सदस्य संख्या २ हजार ३ सय ४४ जना छन् ।

कुल सम्पत्ति ५८ करोड ६६ लाख रहेको संस्थाको प्रधान कार्यालय सिर्जनाचोक र सेवाकेन्द्र बिरौटामा छ । संस्थाले वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष यसरी नै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पोख्रेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width