लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८०

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एलपी ढुंगानाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रीको लागि समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन्,’ संयोजक ढुंगानाले बताए ।

महोत्सवमा विद्यार्थी लक्ष्ीित शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन् भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागि विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।

महोत्सवका लागि हालसम्म ६० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवमा रहने ३ सय ३४ वटा स्टलमध्ये मंगलबारसम्म २ सय ११ वटा स्टल बुकिङ भएका हुन् ।
पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्ष्य गरी ६ गतेबाट ११ गतेसम्म स्टल बुकिङ खुला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीका लागिसमेत स्टल बुकिङ खुला गरिएको संघका लेखा अधिकृत प्रशिद्ध पौडेलले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि ‘महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको छ भने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनका लागि राष्ट्रिय उत्पादन प्रर्दशनी अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक रामजी पौडेलले जानकारी दिए ।

महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तीय संघ–संस्थाहरु, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका स्टल रहनेछन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा आरएमसी न्युट्रिप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width