पोखरा महोत्सवका मूल तथा उपसमिति गठन

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८०
12th pokhara mahotsav cover picture

पोखरा । १२ औं पोखरा महोत्सव पुसको २६ देखि हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा अमरसिंह स्कुलको खेल मैदानमा माघ ८ गतेसम्म १२ औं संस्करणको महोत्सव गर्न लागिएको हो ।

महोत्सवको तयारीस्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमिति गठन गरेको छ । जसमा कार्यसम्पादन उपसमितिमा लालकाजी गुरुङ, अतिथि व्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था व्यवस्थापन उपसमितिमा सुकबहादुर गुरुङ, सचिवालय व्यवस्थापन उपसमितिमा लोकबहादुर थापा, सांस्कृतिक व्यवस्थापन उपसमितिमा गणेश तिमिल्सिना, अनुगमन व्यवस्थापन उपसमितिमा शान्तबहादुर थापा संयोजक चयन भए ।

त्यसैगरी प्रचारप्रसार उपसमितिमा दिनेश सुनार, अर्थ व्यवस्थापन उपसमितिमा सूर्यबहादुर बानियाँ, प्रायोजक व्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमितिमा सीमा गुरुङ, मायाको चिनो व्यवस्थापन उपसमितिमा सन्तोष कार्की, झाँकी र्‍याली व्यवस्थापन उपसमितिमा विष्णुकुमार गुरुङ, टिकट व्यवस्थापन उपसमितिमा जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उपसमितिमा पूर्णकुमार श्रेष्ठ, प्रकाशन तथा मुद्रण व्यवस्थापन उपसमितिमा दिवानी सुवेदी, व्यानर व्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, सुरक्षा व्यवस्थापन उपसमितिमा शिव थापा, खानेपानी तथा फोहोर व्यवस्थापन उपसमितिमा पदम कार्की, खाना खाजा व्यवस्थापन उपसमितिमा शान्ति सुवेदी, मूल्यांकन उपसमितिमा सुशीलराज पराजुली, विद्यालय समन्वय उपसमितिमा लीलाधर अधिकारी, यातायात व्यवस्थापन उपसमितिमा रमेशबहादुर कार्कीलाई चयन गरेको छ ।

त्यसैगरी पर्यटन प्रवद्र्धन उपसमितिमा श्यामकृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनमा कृष्णबहादुर थापा मगर, विद्युत् व्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, स्वास्थ्य व्यवस्थापनमा नरहरि पनेरु, पार्किङ व्यवस्थापन उपसमितिमा राम थापा, पृष्ठपोषण व्यवस्थापन उपसमितिमा रिमबहादुर क्षेत्री, मूलद्वार व्यवस्थापन उपसमितिमा चन्द्र थापा, विद्युतीय सुरक्षा उपसमितिमा राजेन्द्र तिवारी, बिमा व्यवस्थापन उपसमितिमा गणेशबहादुर खड्का, मिडिया कोअर्डिनेटर गीता राना र कार्यालय सचिवमा रेजिना खत्रीलाई संयोजक चयन गरेको छ ।

१२ औं पोखरा महोत्सवको सल्लाहकारमा राजेन्द्र थापा, सेती थापा, सम्मरबहादुर श्रेष्ठ, क्या.फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, मे. हितमान गुरुङ, प्रेमछिरी शेर्पा, लीलाबहादुर जिसी, पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा १० का अध्यक्ष राजेश गुरुङ, पोखरा १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा १४ का अध्यक्ष बोधराज कार्की, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य, टीकाबहादुर कार्की, राजेन्द्रबहादुर कार्की, गोपाल गुरुङ, कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मीन गुरुङ, सुनील गुरुङ, भरत केसी, कृष्णकुमारी थापा, जसबहादुर गुरुङ, दया बराल, यमबहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिवबहादुर बराल, दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, ओम सुवेदी र नीलकण्ठ पोख्रेल चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width