व्यापार मेलामा २५० स्टल

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०८०

पोखरा । पोखराको नयाँबजारमा बिहीबारदेखि सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी ९३ प्रतिशत पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

२१ मंसिरदेखि १ पुससम्म सञ्चालन हुने मेलामा कुल २ सय ५० स्टल रहने छन् । जसमा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्नखालका १ सय ४६ स्टल रहने २५० स्टल रहने मेलाको कार्यसम्पान समिति संयोजक एवं संघ अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

उनका अनुसार मेलाबाट अनुमानित आम्दानी ९० लाखबाट खर्च कटाइ १० लाख बचत हुने अनुमान आयोजकको छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने उनले बताए ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति उमेश धमलाको संयोजकत्वमा २ सय १ सदस्यीय मूल आयोजक र संघ अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ ।

मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्ले उद्घाटन गर्ने छन् । त्यसपूर्व गैह्रापाटनबाट मेला स्थलसम्म प्रभातफेरी हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width