जाजरकोट भूकम्पपीडितलाई रोटरी नक्साल शक्तिको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
rotary naksal

पोखरा । जाजरकोट भूकम्पीडितलाई रोटरी क्लब अफ नक्साल शक्तिले न्यानो डसना, चामल र कपडा सहयोग गरेको छ । क्लबका तर्फबाट पीडितलाई ५० थान डसना, १० बोरा चामल र लत्ताकपडा क्लब अध्यक्ष डा. लुना शर्मा अर्यालले हस्तान्तरण गरिन्।

अध्यक्ष डा. लुनाले पीडितको लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । उनका अनुसार क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

क्लबले विभिन्न जिल्लामा स्वास्थ्य शिविर, औषधी वितरण, स्कुलका विद्यार्थीलाई झोला, किताब, कापी, कलम, स्कुल ड्रेस, ट्रयाक सुट वितरण गरेको छ । साथै विभिन्न जिल्लामा वृक्षरोपण गरेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width