सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
samudahik sewa kendra

लेखनाथ । सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

पोखरा २८ वडा कार्यालय, इलाका प्रहरी कार्यालय डाँडाको नाकको समन्वय तथा रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार लैंगिक हिंसाविरुद्ध सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

रत्नशोभाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रशिक्षण दिइएको कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले सामुदायिक सेवा केन्द्रले विकृति विसंगतिरहित सभ्य समाज निर्माणका लागि गरेको कार्यको प्रशंसा गरे ।

सेवा केन्द्रका अध्यक्ष विकल केसीले सेवा केन्द्रले गरेका कार्यको बारेमा चर्चा गर्दै समाजमा हुने विभिन्न किसिमका हिंसा, विकृति विसंगति रोकथामका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरीक्षक एवं प्रशिक्षक यमनारायण अर्यालले लैंगिक तथा घरेलु हिंसाको परिचय, लैंगिक हिंसाले समाजमा पार्ने असर, हिंसाको प्रकार, पीडितलाई हुन सक्ने सामाजिक तथा मानसिक असर, आर्थिक र यौनिक क्षतिका साथै कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

रत्नशोभाका शिक्षकहरू, सेवा केन्द्रका कार्यसमिति सदस्य पुकार गौतम, प्रहरी कर्मचारीसहितको उपस्थित रहेको कार्यक्रम सञ्चालन प्रहरी सहायक हवलदार अशोक सापकोटाले गरेका थिए । सेवा केन्द्रका अध्यक्ष विकल केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सेवा केन्द्रका मिडिया सल्लाहकार ऋषिराम रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width