पुस ५ देखि भदौरे पञ्चासे महोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
Bhadaure-Mahotsab-24th photo raju giri

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित सुन्दर पर्यटकीय गाउँ भदौरेमा पुस ५ देखि ९ गतेसम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगीको भूमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए ।

पर्यटकलाई आकर्षण गर्न महोत्सवले ठूलो भूमिका खेलेको हुँदा यसलाई निरन्तरता दिइएको क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित कोदोबाट बनाइएको विभिन्न खानाका परिकारको स्वाद लिनसमेत उनले आग्रह गरे ।

महोत्सव अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन गराउनका लागि खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गरिने भदौरे क्लबका अध्यक्ष अनील गुरुङले जानकारी दिए । सुन्दर गाउँ अवलोकन गरी यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको उनले बताए ।

महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योग तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प (सानो घर) आवास, पञ्चासे जंगल सफारी, फरेस्ट थेरापी तथा जंगल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।

महोत्सवमा हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ६० हजार रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई २०–२० हजार रुपैयाँका दरले सम्मान गरिनेछ ।

सयौं प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाउँलाई चिनिन्छ । मेलास्थलबाट अन्नपूर्ण हिमशृंखलाअन्तर्गत निलगिरि, धौलागिरि, माछापुच्छ«ेलगायत हिमाल प्रष्टरुपमा देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width