पर्यटन बसपार्क जिम्मा ए वानलाई

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८०
tourism bus park

पोखरा । पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सन, पोखराले पाएको छ ।

पोखरा उपत्यका नगर विकास समितिले गत २९ भदौमा गरेको बोलपत्र आह्वानमा उक्त कन्स्ट्रक्सनले सञ्चालन जिम्मा पाएको हो । आगामी १ वर्षसम्म अवधि रहने गरी सम्झौताका लागि प्रक्रिया अघि बढाइएको छ । कम्पनीलाई भ्याटबाहेक ३३ लाख १ हजार ५ रुपैयाँमा ठेक्का परेको हो । निकेतन निर्माण सेवा र लेवल १ कन्स्ट्रक्सनले पनि टेन्डर हालेका थिए ।

नाट्टा पोखराका पूर्व कोषाध्यक्षसमेत रहेका एवान कन्स्ट्रक्सनका राजेश पहारीले आफूहरुलाई टेन्डर पर्नु भनेको पर्यटन बसपार्कको संरक्षण र हित भएको बताए । जसअनुसार कम्पनीलाई पर्यटन बसपार्क सञ्चालनका लागि मौजुदा पूर्वाधारको व्यवस्थितरुपमा सञ्चालन गर्ने जिम्मा हुनेछ । पहारीका अनुसार बसपार्क व्यवस्थापन जिम्मा लिँदै पार्किङ शुल्क उठाउनेदेखि व्यवस्थितरुपमा शौचालय सञ्चालन गरिनेछ । पर्यटकीय सवारीहरु कसरी छुटाउने भन्नेबारेमा आवश्यक प्लानिङ गरेर अघि बढ्ने उनले बताए ।

समितिका प्रशासकीय अधिकृत प्रमोदकुमार गुरुङले बढी रकम दिने भएकाले टेन्डर एवानले पारेको बताउँदै १ वर्षे सम्झौताका लागि छिट्टै प्रक्रिया हुने जनाए । बसपार्कका सटरको भने समितिले छुट्टै टेन्डर गरेको थियो । त्यहाँ छुट्टाछुट्टै ठेक्कामा पारेर व्यवसाय सुरु भइसकेका छन् । एउटा सटरको ४३ हजारदेखि १६ हजार ५ सय रुपैयाँसम्म रहेकोमा मासिक २ लाख २४ हजार रुपैयाँ जति भाडा असुल हुने गरेको छ ।

एवान कन्स्ट्रक्सनका राजेश पहारीले पर्यटन बसपार्क यस्तो हुनुपर्छ भन्ने उदाहरण दिने गरी सञ्चालन गर्ने बताए

एवान कन्स्ट्रक्सनका सञ्चालक पहारीले पर्यटकीय नगरी पोखराको पर्यटन बसपार्क यस्तो हुनुपर्छ भन्ने उदाहरण दिने गरी सञ्चालन गर्ने दाबी गरे । पर्यटक बस भन्नाले सिंगो नाट्टासँग जोडिएकोेले भोलिका दिनमा अरु कोही कसैले बसपार्कबाट पैसामात्र कमाउँछु भन्ने नियत भयो भने हामीहरुले सोचेजस्तो पर्यटकीय बसपार्क सञ्चालन गर्न नसक्लान्,’ उनले भने, ‘भोलि पर्यटक (यात्रु)ले पर्यटकीय बसपार्कमा यत्तिको सेवासुविधा त हुनुप¥यो भनी महसुस गर्न त पाउनु प¥यो नि । हामी कमाउनेभन्दा पनि बसपार्कको नियम बसाउन चाहन्छौं ।’ पर्यटन बसपार्कको पार्किङ व्यवस्थापनको जिम्मा पाएकाले घाटा नै भए पनि व्यहोर्न तयार रहेर जिम्मा लिइएको पहारीले खुलाए । मुलुकको विषम आर्थिक अवस्थाले व्यवस्थापन जिम्मा लिँदा आफूहरुले हालेको टेन्डरअनुसार फाइदा हुन्छ भन्ने त छैन, तैपनि पर्यटन बस सञ्चालन गर्ने संस्था नै भएकाले घाटा परे पनि बेहोरौंला भनी आँट गरेका हौं,’ उनले भने । उनी भन्छन्, ‘जति पर्यटन व्यवसायीले यहाँको पर्यटन बसपार्कको मर्म बुझेका छन्, त्यति अरु बाहिरले बुझ्दैनन् ।’

कुल ८ करोड ४५ लाख ८३ हजार लागतमा निर्मित बसपार्क गत वर्षको असारमा मात्र पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा आएको हो । पर्यटन विभागले समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आफैं पोखरा उपत्यका नगर विकास समतिका अध्यक्ष छन् । तर, महानगरका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको अन्त्यतिर सुटुक्क बसपार्कसहित ३ ठाउँको जग्गा निजी क्षेत्रलाई भाडामा लगाएकोमा त्यसको खारेजी भएको थियो ।

१८ रोपनीमा फैलिएको सो बसपार्क सुविधासम्पन्न छ । बसपार्क आशीष÷सिएम÷मिसन जेभी नामक निर्माण कम्पनीले बनाएको हो । यहाँबाट ४० पर्यटकवाहक बस आवतजावत गर्न सक्नेछन् । १० माइक्रो बस, २० ट्याक्सी पार्किङ गर्ने स्थल र केही कारसमेत राख्ने स्थल छ ।

बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबैतर्फ १ सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन निर्मित छ । बसपार्कमा व्यवस्थित शौचालय छ भने चमेनागृह लगायतका प्रयोजनका लागि भवन निर्मित छ । यहाँबाट दैनिक देशका विभिन्न सहरमा पर्यटकीयस्तरका सवारीसाधनहरु छुट्ने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width