पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
prithivi sahakari

पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि.का गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले अहिले सहकारीमा देखिएको समस्या र भ्रमको पछि नलागी आफ्नो संस्थाका गतिविधि नजिकैबाट नियाल्नुपर्नेमा जोड दिए । संस्थाको सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएर संस्था सफल हुने र लेखा समितिको नियमित चेकजाँच तथा अनुगमन आवश्यक हुने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष किरणप्रसाद बञ्जाराले कास्कीकै उत्कृष्ट सहकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारीको वार्षिक प्रतिवेदन पेस गर्दै भावी कार्यक्रम सार्वजनिक गरे ।

सो अवसरमा मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष ओमबहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष किरणप्रसाद बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार मुल्मी र सञ्चालन समिति सदस्य रश्मी अधिकारी भण्डारी र सचिव मेघबहादुर शाहीले गरेका थिए ।

सहकारीका सात सिद्धान्त वाचन सञ्चालक समिति सदस्य अमृता थापाले गरेकी थिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद अधिकारीले संस्थाको वार्षिक कार्यक्रम र गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरे ।

यस्तै, संस्थाले पृथ्वी प्रतिभा पुरस्कारबाट सेयर सदस्य अर्चना बञ्जारालाई पुरस्कृत गरेको छ । महिला उद्यमशीलतर्फ सेयर सदस्य विक लक्ष्मी श्रेष्ठ सम्मानित भए ।

उत्कृष्ट कारोबार गर्ने सदस्यतर्फ दुर्गाबहादुर गुरुङ र उत्कृष्ट बचतकर्तामा सुकुना गुरुङ, ज्ञानेश्वरराज श्रेष्ठ, ज्योति अधिकारी, इन्द्रबहादुर गुरुङ, गंगासागर श्रेष्ठ र प्रकाश अधिकारीलाई सम्मान गरिएको शिक्षा उपसमिति संयोजक रामकुमार लामिछानेले बताए ।

वर्ष उत्कृष्ट कर्मचारीमा सहप्रबन्धक डोलकुमार कार्कीलाई सम्मानित हुँदा संस्थामा हितमा योगदान पु¥याएकामा कार्यसमिति सदस्य अरविन्द तुलाचनलाई सम्मानसहित बिदाइ गरियो । संस्थाले तुलाचनको स्थानमा महेन्द्रराज पौडेललाई र अनुगमन सदस्यमा गंगासागर श्रेष्ठलाई चुनेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद अधिकारीले बताए ।

२०६९ सालमा पोखराको पृथ्वीचोकमा स्थापना भएको सहकारीमा हाल २ हजार ६ सय ७४ सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width