पोखरामा मनाइयो अपांगता दिवस

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
Apangata diwas

पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएकोे छ । अपांगता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस पोखरामा र्‍यालीसहित कार्यक्रम गरी मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको र्‍याली पोखरा सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । र्‍यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।

र्‍यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बन्ने बताए । विगतमा के भए थाहा भएन उनले भने, ‘महानगरले अब निर्माण गर्ने सबै संरचना अपांगमैत्री बन्छ ।’ उनले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्ने तर्फ ध्यान केन्द्रित गर्ने उल्लेख गरे । उनले महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गर्ने समेत बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिइन् । उनले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र ब्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताइन् । उनले अपांगता भएका व्यक्ति वा परिवार पाल्नुुपर्ने महिलाहरुलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको बताए ।

कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, धनराज आचार्य हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्चालका अध्यक्ष गंगाबहादुर खड्का अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width