स्टेप बाइ स्टेपमा खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
Steep by steepsf

पोखरा । स्टेप बाइ स्टेप माविमा ३५ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सञ्चालित शुभारम्भ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले खेलकुद शिक्षक इच्छा गुरुङलाई खेलकुद सामग्री हस्तान्तरण प्रतियोगिताको उद्घाटन गरिन् ।

प्रतियोगिताको पहिलो दिन भलिबल, टेबल टेनिस, टग अफ वार (डोरी तान्ने खेल), म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाइ, मिठाईं दौड आदि प्राराम्भिक चरणका खेलहरु सम्पन्न भए । आइतबार सम्पन्न छात्रा भलिबलमा न्युटन हाउस प्रथम र ग्यालिलियो हाउस द्वितीय भयो । छात्रा बास्केट बलमा न्युटन सदन प्रथम हुँदा आइन्स्टाइन सदन द्वितीय भयो । छात्र बास्केटबलमा मर्कोनी सदन प्रथम र ग्यालिलियो सदन द्वितीय भयो ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गारलाई मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए ।

सहप्राचार्य दीपक गिरीले स्वागत मन्तव्य र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले उक्त अवसरमा भनाइ राखे । प्रतियोगिता सोमबार समापन हुने प्रतियोगिताका सहसंयोजक शिक्षक रामचन्द्र शर्माले जनाए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width