पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
Pokhara 13 shivir news

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा १३ को परिसरमा आयोजित शिविरबाट १ सय २६ जना महिला लाभान्वित भए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए । उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का अध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० अर्पण गरिने भएको छ । भैरव सांस्कृतिक…
  • ५३ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका– १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत…
  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…

hero news full width