केभ सिटी पर्यटन सहकारीमा बेनीबहादुर

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
cave city pic1

पोखरा । बाटुलेचौरमा रहेको केभ सिटी पर्यटन सहकारी संस्था लिमिटेडको अधिवेशनबाट बेनीबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ । बस्नेतको यो दोस्रो कार्यकाल हो ।

शनिबार सम्पन्न चौथा वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सहकारीको वरिष्ठ उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, उपाध्यक्षमा प्रकाश थापा, सचिवमा तुलबहादुर बस्नेत, सहसचिवमा चन्द्राकुमारी देवकोटा, कोषाध्यक्षमा मोहनबहादुर थापा र सहकोषध्यक्षमा प्रकाश भट्टराईलाई चयन गरेको छ । त्यस्तै सदस्यमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ, यमबहादुर खवास, बलराम तिमिल्सिना, तिलुमाया खवास र गंगा कार्की सर्वसम्मत चयन भएका हुन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका पूर्वसांसद कृष्ण थापाले अन्य सहकारीको तुलनामा पर्यटन सहकारीको क्षेत्र विस्तृत भएको बताउँदै, पर्यटन क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

पूर्वमन्त्री कुमार खड्काले स्थानीय समुदायको आर्थिक वृद्घिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीका अध्यक्ष बेनीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, जयलक्ष्मी सहकारीका प्रवन्ध निर्देशक सुशील केसी, सेयर सदस्य मोहन थापा लगायतले सहकारी मुलतः पर्यटन क्षेत्रलाई केन्द्रविन्दुमा राखी आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनमा सचिव तुलबहादुर बस्नेतको वाषर््िाक प्रतिवेदन, कोषाध्यक्ष केदारनाथ अधिकारीको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र थापाको लेखा प्रतिवेदन सभाले पारित गरेको छ ।

सहकोषाध्यक्ष प्रकाश भट्टराइले स्वागत गरेको कार्यक्रम सञ्चालन सहसचिव चन्द्राकुमारी देवकोटाले गरेकी थिइन् । सहकारीले पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफा आउने पर्यटकलाई लक्ष्य गरी केभ सिटी गार्डेन रेस्टुरेन्ट सञ्चालन समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width