‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
shanti samaj

पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज कास्की आयोजनामा भएको ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवादका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहारीले लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको दाबी गर्दै नागरिकले ल्याएको लोकतन्त्र नागरिकले नै बचाउने उल्लेख गरे । उनले चेतना सहितको आलोचना गर्ने मानिसको खाँचो रहेको सुनाउँदै मानवअधिकार तथा शान्ति समाज सामाजिक न्यायको आन्दोलनमा दृढ रहेको स्पष्ट पारे ।

संस्थापक सभापति पहारीले अभिव्यक्ति स्वतन्त्रताभित्र घृणात्मक अभिव्यक्ति रोक लगाइएको स्पष्ट पार्दै छाडा हिसावले बोल्ने छुट कसैलाई नभएको जनाए । वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंगाएर मात्रै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनुपर्नेमा बिदा घोषणामा हतारो गरेको उनको टिप्पणी छ ।

अवधारणापत्र प्रस्तुत गर्दै केन्द्रीय सभापति रामकृष्ण बरालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता भएको बताए । उनले त्यसका लागि भद्र नागरिक हस्तक्षेपरुपमा सामूहिक अभियानको खाँचो औंल्याए । जिल्ला जिल्लामा नागरिक संकल्प गरी सामूहिक अभियान थालनी गर्न मानवअधिकार, लोकतन्त्र र अहिंसाका पक्षधरहरुसँग उनले आह्वान पनि गरे ।

अवधारणपत्रमा राप्रपा सहितको संलग्नतामा राजनीतिक मोर्चा निर्माण गरी लोकतन्त्रविरोधी आन्दोलन चर्काउने अभ्यास भइरहेकोप्रति सचेत गराइएको छ ।

अवधारणापत्रमाथि समाजका कास्की अध्यक्ष रामकृष्ण ढुंगाना, मानव मिलन संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्मा, समाजका सल्लाहकार अमृत सुवर्णकार, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष केशु भुजेल, नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने, समाजका शुक्रराज लामिछाने, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका मोहन काफ्ले, पत्रकार श्यामनाथ कुँवर, एकीकृत समाजवादीका सोमबहादुर नेपाली लगायतले धारणा राखे ।

उनीहरुले सरकारी कार्यालयमा सुशासन नहुदाँ सेवा लिन ग्राह्रो भएको, मानवअधिकार तथा शान्ति समाज पनि कतिपय अवस्थामा स्वतन्त्र हुन नसकेको, जनप्रतिनिधिले आफ्नो पार्टीको मात्रै सेवा गर्ने गरेको, संक्रमणकालीन न्याय गिँजोलिँदा समस्या भइरहेकोतर्फ सचेत गराउँदै यथाशीघ्र समाधानमा ध्यान दिन आग्रह गरे ।

संवादले सुशासन र सद्भावका लागि नागरिकको शान्तिपूर्ण हस्तक्षेप अनिवार्य भएको ठहर गर्दै भ्रष्टाचारको उन्मूलन र लोकतन्त्रको रक्षामा सामूहिक पहल गर्ने संकल्प पनि गरेको छ ।

नागरिक समाजले शनिबार कास्कीबाट सुरु संवाद देशैभर पु¥याउने भनिएको छ ।

शान्ति समाज कास्की सभापति तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width