प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
ramchandra pokhrel sir progrem photo

पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३ को अवसर पारी एक कार्यक्रमका बीच प्राडा पोखरेललाई उक्त सम्मान अर्पण गरिएको हो ।उक्त सम्मेलन यही मंसिर ८, ९ र १० मा भारतको असम (आसाम) स्थित सिमलगुढीमा भएको थियो ।

त्यस अवसरमा भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, निवर्तमान् अध्यक्ष चन्द्रमणि उपाध्याय, अध्यक्ष नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले प्राडा पोखरेललाई सम्मान प्रदान गर्दै नाटकको क्षेत्र एवम् अध्ययनलाई थप फराकिलो बनाउनुपर्ने औंल्याए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसका प्राध्यापकसमेत रहेका प्राडा पोखरेललाई सिलगढी नेपाली साहित्य प्रचार समिति, मणि खवास स्मृति प्रतिष्ठान तथा दार्जिलिङ जर्नल पब्लिकेसनले पनि सम्मान गरेका छन् । सिलगढी नेपाली साहित्य प्रचार समितिमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।

त्यस्तैगरी प्राडा पोखरेल नर्थबंगाल विश्वविद्यालय साथै भारत तथा दार्जिलिङ साहित्य समितिबाट पनि सम्मानित भए । उनलाई समग्र नाटकको उन्नयनमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

नर्थबंगाल विश्वविद्यालय नेपाली विभागका पूर्व विभागीय प्रमुख प्राडा घनश्याम नेपाल, वर्तमान विभागीय प्रमुख सहप्राडा.पुष्कर पराजुली, नेपाली विभागका सदस्य एवं दार्जिलिङ साहित्य समितिका अध्यक्ष लगायत पदाधिकारीहरुले उनी नेतृत्वको टोलीलाई स्वागत गर्दै साहित्यिक साक्षात्कार मार्फत सम्मान गरेका हुन् ।

यसैबीच नेपाल नाट्यअनुष्ठान पोखराको टोलीले दार्जिलिङका श्रष्ट्रासँग भेटघाट गरेको छ । त्यस अवसरमा डा.सिके राई तथा महेन्द्र प्रधानसँग अन्तरंग कुराकानी भएको जनाइएको छ । जसमा अनुष्ठानको तर्फबाट अध्यक्ष प्राडा पोखरेल, सदस्य ईश्वर श्रेष्ठ, नाट्यकर्मी केदारनाथ पौड्याल, सीता पोखरेल, विजय रुचाल सहभागी भए ।

त्यस अवसरमा दार्जिलिङका साहित्यकारहरु डा.शुकराज दियाली, मञ्जुला तामाङ, मणिका प्रधान, सुमित्रा अविरल, सविता राई, सविता विश्वकर्मा लगायतले दार्जीलिङकमा नाटकको अवस्था बारेमा जानकारी दिए ।

यसैबीच नेपाल नाट्यअनुष्ठान पोखराको शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन भएको छ । अनुष्ठानको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) चयन भए ।

जसको उपाध्यक्षमा डा.सुकराज दियाली (सिलगढी), महासचिवमा जीके शर्मा (सिक्किम), सचिवमा खेम सापकोटा (सिलगढी) तथा कोषाध्यक्षमा प्रणिषा रुचाल सिलगढी छनोट भए । त्यस्तै राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ (दार्जिलिङ) सदस्य छन् ।

भेलाले सिके श्रेष्ठ (कालेबुङ), सिपी शर्मा (सिक्किम), पूर्णकुमार शर्मा (असम), मुक्ति उपाध्याय बराल (असम), युवराज काफ्ले (सिलगढी), कृष्ण प्रधान (सिलगढी), नन्द हाङखिम (दार्जिलिङ), पी अर्जुन ( दार्जिलिङ) लाई सल्लाहकारको जिम्मेवारी पनि दिएको छ ।

नवगठिन भारतीय नेपाली नाट्य अनुष्ठानको प्रमुख सल्लाहकारमा नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष रहने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width