व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
pcci

पोखरा । पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ज्येष्ठ नागरिक तथा अपांगा भएकाहरुलाई प्रवेश निशुल्क हुने भएको छ ।

मेला प्रवेशको लागि सर्बसाधारणका लागिसय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको सम्मानका निम्ति निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिए ।

‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनीत कार्यमा समर्पित छ, हामी मेलामा बढीभन्दा बaढी अवलोकनकर्तालाई सहभागी गराएर उद्यमशीलताबारे जानकारी पस्कन चाहन्छौं,’ उनले भने, ‘प्रवेश टिकटमा राखिएको शुल्कबाट संकलित रकम पनि महिला उद्यमीलता र व्यावसायिक तालिमहरुमा नै खर्चने हो, त्यसो त हामीले प्रवेश टिकटमै जाजरकोट भूकम्पपीडितका लागि १० रुपैयाँ छुट्याएका छौं, सामाजिक उत्तरदायित्व वहन गर्न हामीले त्यसो गरेका हौं ।’ उनका अनुसार विद्यार्थीको टिकटबाट भने भुकम्पपीडितको लागि ५ रुपैयाँ छुट्टयाइएको छ ।

मेलाको समुद्घाटनको दिन नजिकिँदै गर्दा अन्तिम चरणको तयारी भइरहेको महासचिव बलराम आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको मेलालाई पोखराको प्रतिष्ठित घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन गरेको उनले बताए । मेला पुस १ गतेसम्म जारी रहने तथा मेलामा सहभागीहरुलाई मनोरञ्जन दिलाउन सांस्कृतिक कार्यक्रम तथा खाजाको लागि रेस्टुरेन्टको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width