टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
bhautik

पोखरा । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल २० अर्ब पुुँजीगत बजेटको आधाभन्दा बढी हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आवमा सडक, मोटेरेबल पुुल, भवन र झोलुंगे पुुलसम्बन्धी १ हजार ४ सय योजना कार्यान्वयन गर्दै छ ।

मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिक समीक्षा कार्यक्रम चालुु आवमा ८० प्रतिशत पुुँजीगत बजेट खर्च हुुने गरी योजना कार्यान्वयन गर्ने कार्ययोजना बनाउँदै शनिबार म्याग्दीको घोडेपानीमा सम्पन्न भएको छ ।

मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, प्रदेशको योजना तथा नीति आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, अर्थ सचिव बलराम रिज्याल र मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुुना प्रधानसहित मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागितामा उक्त कार्यक्रम भएको हो ।

मन्त्रालयका सचिव पण्डितले मंसिर मसान्तसम्म १०, पुुसमा १५, माघमा २२, फागुनमा ३३, चैतमा ४५, वैशाखमा ५५, जेठमा ७० र असारमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने गरी योजना कार्यान्वयनको कार्ययोजना बनाइएको स्पष्ट पारे । ‘चालुु आर्थिक वर्ष २०८०÷८१ का लागि १२ अर्ब, ८ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकोमा मंसिर १५ गतेसम्म ८.११ प्रतिशत अथवा ९८ करोड ९ लाख ३ हजार खर्च भएको छ,’ उनले भने, ‘मन्त्रालयका कुल १ हजार ४ सय ६४ योजनामध्ये १ सय १६ वटा ठेक्का सम्झौता, २ सय ८१ वटाको बोलपत्र आह्वान, ४ सय ८ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने कुल ४१ योजनाको स्रोत सुनिश्चितता भएको छ ।’

त्यसका साथै थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी पनि भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुुल विनियोजनमध्ये ५८ प्रतिशतमात्र बजेट खर्च गरेको मन्त्रालयले १ सय ७४ किलोमिटर सडक कालोपत्रे, १५ वटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण गरेको थियो । यस वर्ष थप ३ सय किलोमिटर सडक कालोपत्रे, २५ वटा सडक पुल र २० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

मंसिर १५ गतेसम्म ८.११ प्रतिशत अथवा ९८ करोड ९ लाख ३ हजार खर्च

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निर्वाचन, २ पटक भएको सरकार परिवर्तन तथा अन्तर मन्त्रालय समन्वय अभावका कारण गत आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक नरहेको स्पष्ट पारे । उनले यसपटक लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न सम्भव रहेको दाबी पनि गरे ।

‘यसवर्ष योजनाको संख्या १ हजार ८ सयबाट घटाएर १ हजार ४ सयको हाराहारीमा झारेका छौं । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय पनि भएको छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हँुुदैन ।’ मन्त्री जुग्जालीले बजेट खर्च बढाउने दबाबमा कामको गुुणस्तरमा भने सम्झौता नगर्न निर्देशन पनि दिए ।

कार्यक्रमको उद्घाटन गर्दै मुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खर्च नगर्ने आग्रह गर्दै परिणाम आउने काममा केन्द्रित हुुन मन्त्रालय र मातहतका कार्यालय प्रमुुखलाई निर्देशन दिए । आर्थिक मामिला मन्त्री आलेले प्रदेशले प्राथमिकता दिएका योजनालाई बजेट अभाव हुुन र प्रक्रियागत झन्झट हटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयका प्रमुुखले चालुु आर्थिक वर्षको मंसिर १५ गतेसम्म ५६ करोड ८४ लाख ८६ हजार ३ सय ४९ राजस्व संकलन भएको जानकारी गराए ।

पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाँले प्रदेश सरकार स्थापना भएको ६ वर्षको अवधिमा कुल १ हजार ३ सय २ सडक स्तरोन्नति र ८१ वटा सडक पुुल निर्माण भएको अवगत गराए ।

कार्यक्रममा सहभागी मन्त्रालय मातहतका कार्यालय प्रमुुखले जनशक्तिको अभाव, समयमा बजेट रकमान्तर नहुुने अवस्था, सार्वजनिक खरिद ऐन र वन ऐन विकास आयोजना मैत्री नहँुुदा योजना कार्यान्वयन चुुनौतीपूर्ण रहेको अवगत गराए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width