प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
Hisan

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोटर््स मिटको उपाधि प्रतिभा माविले उचालेको छ ।

पोखरा रंगशालामा सम्पन्न स्पोर्ट्स मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत संस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्रा बास्केटबलमा प्रथम, टेबुल टेनिसमा ७ पदक तथा ब्याडमिन्टनमा एक पदकका साथ कुल २२ अंक बनाउँदै रनिङ सिल्ड आफैंसँग राख्न सफल भएको हो । सम्पन्न स्पोटर््स मिटमा करुणानिधि मावि कुल १६ अंकका साथ दोस्रो हुँदा न्यु ग्यालेक्सी १० अंकका साथ समग्रमा तेस्रो स्थान प्राप्त गरेको छ ।

बास्केटबल फाइनल
स्पोटर््स मिटअन्तर्गत प्लस टु छात्र बास्केटबल फाइनलमा न्यु ग्यालेक्सीलाई प्रतिभाले ७२–४८ को स्कोरले पराजित गरी उपाधि जित्न सफल भयो भने कास्की मोर्डनाइजले हिल पोइन्टलाई ३७–२० ले पराजित गरी तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै छात्रातर्फ प्रतिभाले न्यु ग्यालेक्सीलाई २३–२० को झिनो स्कोरले पराजित गरी पहिलो हुँदा ग्लोबलले त्रिवेणी पब्लिकलाई १३–१० को स्कोरले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हिसान कास्कीले जनाएको छ ।

विश्वविद्यालय छात्र बास्केटबलमा लिंकनले पिसिएमलाई ४७–२८ ले पराजित गरी पहिलो हुँदा लेकसिटी कलेज तेस्रो भएको छ । त्यस्तै छात्रातर्फ फाइनलमा लिंकनले पिसिएमलाई ३१–१५ ले पराजित गरेको छ भने इन्फरमेटिक्स कलेज तेस्रो भएको छ ।

हिसान कास्कीका विद्यालय, कलेज र विश्वविद्यालय गरी ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाए

छात्र प्लस टु बास्केटबलमा प्रतिभाका निश्चल फकामी उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ प्रतिभाकै युविका बज्रचार्य उत्कृष्ट खेलाडी भएकी छन् । त्यस्तै सर्वाधिक स्कोररमा छात्रातर्फ न्यु ग्यालेक्सीकी समीक्षा गर्बुजा पुन मगर र छात्रतर्फ सोही विद्यालयका बुद्धबहादुर पुन घोषित भए । त्यस्तै विश्वविद्यालय छात्रतर्फ पोखरा लिंकनका विपुल गुरुङ र छात्रतर्फ सोही विश्वविद्यालयकी अमिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । सर्वाधिक स्कोररमा छात्रतर्फ पोखरा लिंकनका सुलभ प्रताप मल्ल र छात्रातर्फ सोही विश्वविद्यालयकी निर्विती शर्मा घोषित भएकी छन् ।

भलिबल फाइनल
हिसान स्पोर्ट्स मिटअन्तर्गत सम्पन्न प्लस टु छात्र भलिबल माउन्ट अन्नपूर्ण माविले जितेको छ । सम्पन्न फाइनल खेलमा करुणानिधिलाई २५–१९, २१–२५, २७–२५ र २५–१८ ले जित्दै उपाधि जितेको हो । छात्रतर्फ सिर्जना मावि तेस्रो भएको छ । सिर्जनाले टप्स माविलाई २५–२०, २५–२३ को सोझो सेटमा पराजित गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
यसैगरी प्लस टु छात्रातर्फ पश्चिमाञ्चल माविले उपाधि जितेको छ । पहिलो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले गुरुकुललाई २५–२१, २५–१४ र २५–१२ ले पराजित गरेको हो भने केफ माविले तेस्रो स्थान प्राप्त गरेको छ । केफले कास्की मोर्डनाइजलाई २५–१३ र १२ ले पराजित गरेको छ ।
प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णका सुदीप थापा र पश्चिमाञ्चलकी सजिना बुढाथोकी उत्कृष्ट खेलाडी घोषित हुँदा बेस्ट स्पाइकर छात्रतर्फ करुणनिधिका राजन दर्जी र गुरुकुलकी सुस्मिता सिर्पाली बन्न सफल भए ।

टेबुल टेनिस फाइनल
टेबुल टेनिस प्लस टु छात्र टेबुल टेनिस सिंगल्समा स्टेप बाइ स्टेपका सुलभ केसी पहिलो, सिर्जनाका मिलन खड्का दोस्रो, ग्लोवलका प्रज्वल थापा र प्रतिभाका मनिष भुजेल तेस्रो भए । छात्रातर्फ करुणानिधिका समृद्धि अधिकारी पहिलो, प्रतिभका योगिता गुरुङ दोस्रो, ग्लोबलका रोजिना गुरुङ र साइनिङ स्टारका सजिना राई तेस्रो भए ।

डबल्सतर्फ ग्लोबलका प्रज्वल थापा र जेनिथ गुरुङको जोडी पहिलो, सिर्जनामा समिर लिम्बु रमिलन गुरुङ दोस्रो तथा सगरमाथामा नितेश पण्डित र जेनिथ ठकुरीको जोडी र प्रतिभाका मनिष भुजेल र अमन थापाको जोडीले तेस्रो स्थान प्राप्त गरे । त्यसैगरी प्लस टु छात्रातर्फ करुणनिधिका समृद्धि अधिकारी र सभ्यता अधिकारीको जोडी पहिलो हुँदा प्रतिभका योगिता गुरुङ र करुणा तिमिल्सिनाको जोडी दोस्रो स्थान प्राप्त गरे भने सगरमाथाका सरुण गुरुङ र दिलिशा सापकोटाको जोडी तथा पोखरा आदर्शका प्रियंका अधिकारी र रोधा तामाङको जोडीले तेस्रो स्थान प्राप्त गरे ।

विश्वद्यिालयअन्तर्गत भएको टेबुल टेनिसमा पोखरा लिंकनका अनिष ढकाल प्रथम, इन्फरमेटिक्सका विशाल श्रेष्ठ दोस्रो, पिसिएमका निर्भय लिगल र पेकका सुवर्ण रुम्बाले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै छात्रातर्फ पेकका खेलाडीद्वय सिम्रन ढकाल र अनुस्का थेवे पहिलो र दोश्रो हुँदा पोखरा लिंकनका खेलाडीद्वय अमिषा गुरुङ र असिम खत्री तेस्रो हुन सफल भए ।

त्यस्तै छात्र डबल्समा पोखरा लिंकनका अमिश ढकाल र आभाश थापाको जोडी पहिलो, इन्फरमेटिक्सका विशाल थापा र क्षितिज पन्त दोस्रो, पेकका सुवर्ण रुम्बा र रोशन घर्ती मगरको जोडी तथा लेकसिटी कलेजका सम्राट शाही र राजन कार्कीको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ पेकका सिम्रन ढकाल र अनुष्का थेवे तथा पोखरा लिंकनका असिम खत्री र अमिशा गुरुङ तेस्रो स्थान प्राप्त गरेका छन् ।

गत मंसिर १४ गतेबाट पोखरा रंगशालामा सुरु भएको १६ औं हिसान स्पोर्टस मिटमा छात्र बास्केटबलमा ३७ विद्यालयको सहभागिता रहेको थियो भने छात्रातर्फ १५ टिम सहभागी थिए । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्र–छात्रा सिंगल्स र डबल्समा तथा ब्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्र्धीको सहभागिता थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाले सहभागिता जनाएको स्पोटर््स मिटका संयोजक डा.रामजी शर्माले बताए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आबद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाएका थिए ।

१६ औं हिसान कास्की स्पोर्ट्स मिटका विजेता खेलाडी तथा विद्यालयलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, हिसानका केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिशी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा मन्त्री सिंखडाले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै खेलकुदमा लगानी अपरिहार्य रहेको बताइन् । उनले खेलकुद विकासका लागि सबै पक्षको उत्तिकै उत्साहकजनक सहभागिताले मात्रै सम्भव रहेको कुरा औंल्याउँदै यसबारे गम्भीर भएर सोच्नसमेत आग्रह गरिन् ।

१६ औं हिसान कास्की स्पोर्ट्स मिटलाई समापन गर्दै हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले स्पोटर््स मिट सफल बनाउन सबैले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width